धादिङका १५ हजार भुकम्प पिडितले अनुदान नपाउने

धादिङ,१४ चैत – दुई बर्ष अघि गएको भुकम्पमा घरवास गुमाएका धादिङका १५ हजार भुकम्प पिडित अझै पनि सरकारी अनुदान पाउनबाट बञ्चित भएका छन । पहिलो चर...

धादिङ,१४ चैत – दुई बर्ष अघि गएको भुकम्पमा घरवास गुमाएका धादिङका १५ हजार भुकम्प पिडित अझै पनि सरकारी अनुदान पाउनबाट बञ्चित भएका छन । पहिलो चरणमा नाम छुटेकाहरुले पुर्ननिर्माण प्राधिकरणमा गुनासो फाराम भरेर पेश गरेकोमा प्राधिकरणले १२ हजार १ सय ५१ जनाको गुनासो फछ्र्यौट गरेपनि अधिकांशलाई अनुदान पाउनबाट रोकेको छ ।

धादिङ जिल्लाबाट १५ हजार ५ सय १० जनाले गुनासो फाराम भरेकोमा प्राधिकरणले ३ सय ४२ जनालाई मात्रै अनुदान पाउन योग्य भनर सिफारिश गरेको छ भने १२ हजार १ सय ५१ जनालाई विवरण नभेटिएको भनेर पुन सर्भेक्षण गर्नु पर्ने भन्दै लाभग्राही सुचिमा पर्नबाट पन्छाईदिएको छ । गुनासो फाराम भरेका मध्ये २ हजार १ सय ६९ जनालाई बहुस्वामित्व भएको भनेको छ भने ६ हजार २ सय ९४ जनालाई साविकको वा अन्य स्थानमा घर भएको भनेर किटान गरिदिएको छ । यसै गरी ६ सय ४१ जनाको हकमा भने अपुरो विवरण भएकाले स्थलगत निरिक्षण गर्नुपर्ने भनेको छ ।


प्राधिकरणको यो निर्णय पछि पहिलो चरणमा लाभग्राहीको सूचिमा नपरेकाहरुले गुनासो फाराम भरेर अनुदान पाउनका लागि आग्रह गरेका थिए । यस अघि धादिङ जिल्लाका भुकम्पवाट प्रभावित घरधुरी मध्ये निजी आवास अनुदान प्राप्त गर्ने लाभग्राहीको सूचीमा समावेस भएका ७० हजार ५८२ लाभग्राही मध्ये हालसम्म ६४ हजार ७ सय २४ जना लाभग्राही संग अनुदान सम्झौता भएको र ति मध्ये ६२ हजार ८ सय ९० जना लाभग्राहीको बैक खातामा प्रथम किस्ता रकम निकासा भईसकेको जिल्ला समन्वय समिति धादिङले जनाएको छ ।

दोस्रो किस्ता रकम निकासाका लागि जिल्ला समन्वय समितिमा हालसम्म ५५ जना लाभग्राहीको सिफारीस सहरी विकास मन्त्रालयको जिल्ला आयोजना कार्यान्वयन ईकाइवाट भई आएको र यसरी सिफारीस प्राप्त लाभग्राहीको दोस्रो किस्ता निकासाको प्रक्रिया भईरहेको जिल्ला समन्वय समितिका सूचना अधिकारी भोला गौतमले जानकारी दिनु भयो ।

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: धादिङका १५ हजार भुकम्प पिडितले अनुदान नपाउने
धादिङका १५ हजार भुकम्प पिडितले अनुदान नपाउने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhjxeWXqr4ukFWRMovYxtY8nm_WvnB8NjRqkQ5Xda3R6tF7u3u5mDOam0zpRjyUVYvRwCt2HuTHlm48YUZSHv9FWjPVlZBXfI0-JjPOqmNAtnq82qX-6Q075RpjY8-TVDFtBH2hJWmNqNk/s640/0.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhjxeWXqr4ukFWRMovYxtY8nm_WvnB8NjRqkQ5Xda3R6tF7u3u5mDOam0zpRjyUVYvRwCt2HuTHlm48YUZSHv9FWjPVlZBXfI0-JjPOqmNAtnq82qX-6Q075RpjY8-TVDFtBH2hJWmNqNk/s72-c/0.png
Magone
http://gurublogtips.blogspot.com/2017/03/blog-post_14.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2017/03/blog-post_14.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy