काठमाण्डौँ। नेपाल यस्तो देश, जहाँ नयाँ खेलाडीहरु एकपछि अर्को गर्दै जन्मिरहन्छन् तर ती महान सम्भावना बोकेका नयाँ पुस्ताका क्षमताको सहि मूल्या...
काठमाण्डौँ। नेपाल यस्तो देश, जहाँ नयाँ खेलाडीहरु एकपछि अर्को गर्दै जन्मिरहन्छन् तर ती महान सम्भावना बोकेका नयाँ पुस्ताका क्षमताको सहि मूल्यांकन हुन नसक्दा सपना बोकेका सयौँ प्रतिभाहरु त्यसै खेर गइरहेका छन् ।
नेपाली क्रिकेटमा पनि यस्तै नयाँ प्रतिभाहरु नजन्मिएका होइनन् । लामो समयदेखि नेपाली क्रिकेटको टोलीमा नयाँ अनुहारहरुको प्रवेश त्यति देखिँदैन । अहिलेसम्म पनि नेपाली टोलीको पहिलो रोजाइमा विगतकै अनुहारहरु पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, वसन्त रेग्मी यस्तै यस्तै नामहरु आइरहन्छन् । यस्तै पहिलो रोजाइका टोलीकै भरमा अन्तराष्ट्रिय छवि जोगाइराखेको अवस्थामा नयाँ अनुहारको रुपमा दिपेन्द्रसिंह ऐरीको पछिल्लो प्रदर्शनले नेपाली खेल जगतमा एउटा आशाको किरण छरेको छ ।
राष्ट्रिय टोलीबाट डेब्यु गरेपछिका ५ खेलमध्ये तीन खेलमा अर्धसतक बनाएका दिपेन्द्रसिंह ऐरीको खेल प्रदर्शनले नेपाली क्रिकेटजगतमा एउटा नयाँ सम्भावनालाई सबैसामु परिचित गरेको छ । आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनशिपअन्तर्गत केन्यासँगको खेलमा टियु कीर्तिपुरस्थित मैदानबाट राष्ट्रिय टोलीमा आफ्नो उपस्थिति जनाएका दिपेन्द्रसिंह ऐरीलाई केबल पाँच खेलबाटै राम्रा ब्याट्सम्यानको रुपमा मूल्यांकन गर्नु सहि मूल्यांकन हुन नसक्ला तर उनको निरन्तरको दरिलो ब्याटिङ शैली हेर्दा नेपाली क्रिकेटलाई हाँक्न सक्ने एउटा प्रतिभा जन्मिएको आभास पक्कै भएको छ ।
सुदुरपश्चिम जिल्ला बैतडीका दिपेन्द्रले आफ्नो राष्ट्रिय टोलीबाट डेब्यु खेलमा १९ रन बनाए । खेल थियो विश्व क्रिकेट लिग च्याम्पियनशिपमा केन्या विरुद्ध नेपाल । दोस्रो खेल पनि उही टोली केन्या विरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनशिप । दिपेन्द्रले यो खेलमा नियमित कप्तान पारस खड्काको अनुपस्थितिमा कप्तान बनेका ज्ञानेन्द्र मल्लसँग मिलेर १११ रनको शतकीय साझेदारी गर्दा ६२ रन बनाएर नेपालको जितको आधार तय गरे । त्यसबेलै कप्तान पारसले दिपेन्द्रलाई नेपाली मिडअर्डरको नयाँ ब्याट्सम्यान भएको बताएका थिए ।
भर्खरै एसिसि इमर्जिङ एसिया कपमा नेपालले खेलेको तीन खेलमा पनि दिपेन्द्रसिंह ऐरीको प्रदर्शन उत्कृष्ट रह्यो । इमर्जिङ कपमा पाकिस्तानविरुद्ध १४ रन बनाएका उनि त्यसपछि बंगलादेश र हङकङविरुद्धको दुबै खेलमा अर्धसतक बनाउँदै आफूलाई सुझबुझपूर्ण रुपमा खेल्ने राम्रो सम्भावना बोकेको खेलाडीको रुपमा सबैसामु चिनाइसके । बंगलादेविरुद्धको खेलमा ५६ रन बनाएका दिपेन्द्रले हङकङविरुद्ध ६१ रनमा नट आउट रहे ।
दिपेन्द्र त एक उदाहरण न हुन् । दिपेन्द्रसिंह ऐरी त एक खेलाडी होलान् तर देशमा सयौँ दिपेन्द्र जन्मिसकेका पनि छन् कि ? ति नयाँ दिपेन्द्रहरुको पनि राज्यले सहि मूल्यांकन गर्न सके अबको पुस्ताले खेलकुदमा स्वर्णिम युग देख्ने दिन टाढा थिएन । ठुला प्रतियोगिता आउँदा मात्र तात्ने र चरम राजनितिक संक्रमणको चपेटामा फसेको नेपाली खेलकुदलाई स्वच्छ, पारदर्शि र विशेष अभियानमा राज्यले लैजानैपर्ने देखिन्छ ।

COMMENTS