भर्जिनिया कार्तिक २९, विजय थापा अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अ...
भर्जिनिया कार्तिक २९, विजय थापा अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले अमेरिकाको थांक्स गिभिंगमा घरबार बिहिन मानिसलाई रात्री भोजन गराउने भएको छ । बिश्व कै धनि राष्ट्र अमेरिकामा पनि प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने रहेकोले उक्त संस्थाले उनीहरुलाई भोजन गराउन लागेको संस्थाका संस्थापक देवी आचार्यले बताए ।
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (नाजुक तथा असहायको लागि सहयोग अन्तर्राष्ट्रिय ) भन्ने संस्थाले स्थापना काल देखि नै भोका ,भिखारी तथा अशक्तलाई खानाको व्यवस्था गर्दै आई रहेको छ भन्दै अन्तरराष्ट्रिय स्तरमा कार्यक्रम पुराई रहेको जानकारी गराईएको छ । उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।
र ,यसको लागि विभिन्न दाता संस्था तथा सरकारी तवरमा पनि काम गरि रहेको बताउदै दिर्घ कालिन रुपमा यसलाई लागि मानवीय सहायता गर्नु यसको उदेश्य रहेको संस्थापक आचार्यले बताएका छन् ।हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन ,भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको जानकारी देवी आचार्यले दिदै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गरिदै आएको बताएका छन् ।
अगष्ट महिनामा टेक्सासको फोर्ट वोर्थमा करिब चार सय जनालाई खाना खुवाईएको र आगामी नोवेम्बर २९ तारिखमा अमेरिकामा मनाइने कृतज्ञता दिवसमा भंब्य रात्री भोजन गराईने भएको आचार्यले बताए । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

COMMENTS