'' गज़ल '' कोमल भट्ट खुसीहरू सपना भए र आँसु यी गहना भए रहेन क्यै लुटियो सबै विचार झन् अदना भए निसासियो मन यो सधैँ विनासका घट...

'' गज़ल '' कोमल भट्ट
खुसीहरू सपना भए
र आँसु यी गहना भए
रहेन क्यै लुटियो सबै
विचार झन् अदना भए
निसासियो मन यो सधैँ
विनासका घटना भए
ऊजाडिए छ वसन्त नै
सुवासहीन् हसना भए
मुहार भो चुपचाप लौ
निराशता ढकना भए
उदाश छन् सब भावना
दुखेर ती रचना भए
छन्द –तालूङ (हिमाल) छन्द
श्रोत :-छन्द शिखर
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
COMMENTS