'' गजल '' श्रीभक्त पौडेल ¨आफन्त¨ मलाई पनि, चर्चामा आउनु छ तस्बिर सहित् पर्चामा आउनु छ नाङ्गिनु परे नाङ्गिन्छु हजुर म साना...
'' गजल '' श्रीभक्त पौडेल ¨आफन्त¨
मलाई पनि, चर्चामा आउनु छ
तस्बिर सहित् पर्चामा आउनु छ
नाङ्गिनु परे नाङ्गिन्छु हजुर म
साना या ठुला पर्दामा आउनु छ
आज्´को हैसियत् नभएर पो केभो
भोलि त पक्का दर्जामा आउनु छ
बोला ए शहर छिटो भन्दा छिटो
सापट् खोजेको कर्जामा आउनु छ
मलाई पनि, चर्चामा आउनु छ
तस्बिर सहित् पर्चामा आउनु छ
श्रीभक्त पौडेल ¨आफन्त¨
स्पेन
COMMENTS