नेताले खादिन र बनाउदिन भन्न हुने कि न हुने ?

जुन कुरा खान्न भनिन्छ आखिर पुर्पुरोमा खाने लेखेको नै हुन्छ । खान्न भनेर धर नै पाईदैन । खानै पर्छ भने चाही होईन ।  नखाए पनि हुन्छ तर नखाने ...

जुन कुरा खान्न भनिन्छ आखिर पुर्पुरोमा खाने लेखेको नै हुन्छ । खान्न भनेर धर नै पाईदैन । खानै पर्छ भने चाही होईन ।  नखाए पनि हुन्छ तर नखाने चाही अपबाद हुन्छ । 

यहाँ खाने कुरालाई दुई भागमा विभाजित गर्न उचित हुन्छ । एक जीवन धान्न खाइने अन्न हुन्छ । अर्को कुबेर हुन् कुम्ल्याउने द्रब्यको ठेली । जति नै खाए पनि ,भयो भन्न मन नलाग्ने खतरा वस्तु -पैसाको बिटो । खान मन नलागेता पनि खाउ खाउ लाग्ने वस्तु घुस ।

घुस भुस कदापी हैन । भुस पशुले खाने हुन्छ भने घुस प्राण भएको जनावर मानिसले खान्छ ।  घुस अबैधानिक हुन्छ भने धानबाट फ्याकिएको पदार्थ बैधानिक हुन्छ । कसैले खादिन भन्छ भने उसको जीवनमा खानै पर्ने अवस्था आउछ । बिश्वमा सर्बाधिक चर्चामा रहेको र सबैले आँखाको तारो भएको चिज नै भ्रष्टाचार हो । ट्रान्सपरेन्सी अन्तर्राष्ट्रियले बार्षिक रुपमा भ्रष्टाचार मुलुकहरुको विवरण प्रस्तुत गर्दछ । नेपाल दक्षिण एसियाली मुलुकमा भ्रष्टाचार हुने राष्ट्रहरु मध्येमा परेको देखाउछ । 

भ्रष्टाचारले सबैलाई गाजेको छ । नेताजीहरु अछुतो हुनु हुन्न । नेताहरुलाई सबै भन्दा भ्रष्टाचारको आरोप लाग्दछ । नेपालको परिपेक्षमा ज्यादा बहस नगर्दा नै उचित हुन्छ । घुस पूर्ण गैर कानुनी भएता पनि खानेले जति खाए पनि हुने रहेछ । खान पनि सक्ने रहेछन । हालसालै काठमाडौँमा एक कर्मचारीलाई करिब सत्तरी लाख रुपैया घुस लिएको नगद बिटा समेत सार्बजनिक गरियो । 

उनले पनि बिगतमा खादिन भनेको थिए होलान  । खाने चिज भएकोले होला खाने प्रयास गर्दा सुनियोजित फन्दामा परे । खाने चिजले मानिसलाई लोभी बनाई दिन्छ । त्यी कर्मचारीले पहिला खादिन भने होला ,तर बोरामा मुद्रा देखे पछि आँखा तिर्मिरयायो होला । आँखिर खानको लागि खाए । उसको के दोष ? कतै प्रतिस्प्रद्धा या देखासिखीको चक्रब्युमा फसेका त हैनन ? नखानु पर्ने थियो तर खाए ? खाए ,अनि उनले दुख पाए । फरक यति हो ,खाएर आफ्नो घर जान्थे ,अब अर्को घर जान्छन । 

सबैले खाने चिज खाने ,न खाने चिज नखादा उत्तम । तर यो चिजले मानिसलाई भ्रष्ट गराई दिन्छ । लोभले लाभ लाभले बिलाभ गरी दिन्छ । देशको उन्नत र समुच्चा समाजलाई भ्रष्टचार मुक्त बनाउने हो भने खादिन भन्ने नेताले प्रतिबद्धता जाहेर गर्नु पर्छ अनि मात्र देश सप्रन्छ । समाज र राष्ट्र बनाउन प्रतिबद्धता गर्ने नेता अर्थमा रमाउनु हुदैन । नेताले खादिन भन्न हिम्मत गर्नु पर्दछ , खादिन भनि छाती चौडा गर्न सक्नु पर्दछ ।
नेताले खाए बद्नाम हुने र अख्तियारमा पर्ने सम्भावना हुन्छ । तसर्थ नेताले खादिन भन्दा नै असल भन्नेको संख्या बढी हुन्छ । यसलाई जनताले अनुमोदन गर्दछन । खादिन भने नेता जय जयकार हुन्छ l जनताले तिरेको करमा पौडी खेल्ने सपना देख्छ भने लछार पछार हुन्छ । 

नेताले बनाउदिन भन्दा के फरक पर्दछ ? नेताले घर बनाउदिन भन्दा त्यति फरक नपर्ला ? पुल बनाउन सम्भव छैन भन्दा क्षणिक फरक नपर्ला ? अन्य केहि चिज बनाउदिन भन्दा त्यति फरक नपर्ला ? तर यत्रो बर्ष बिति सक्दा पनि कुर्शीको लडाईको लागि संबिधान बनाउदिन भन्दा निक्कै फरक पर्दछ ।   आवेशमा होस् या होशमा ,अब संबिधान बन्नु पर्दछ र यो सबैको मांग पनि हो । 

राजनैतिक खिचातानीको कारण संबिधान कदापी रोकिनु हुन्न र तुहाउने प्रयास गर्नु हुन्न । अब नेताहरु संबिधान नबनाई केवल जुँगाको लडाईमा अल्झे भने मुलुक बिनास तर्फ धकेलिन्छ ।   संबिधानको लागि फेरी अर्को केहि समय थपि देउ भनि तारिख मागे जनतामा आक्रोश पैदा हुने हुन्छ ।

आज भोलि फेरी अर्कै कुरा सुनिदै छ कि संबिधान बन्छ कि बन्दैन ? मुलुकलाई अनिर्णयको बन्दिमा कहिले सम्म राखी रहने ? जब सम्म नेताहरुमा राजनीतिक सुझबुझ र क्षमताको विकास हुदैन तब सम्म संबिधान नबन्ने हो कि ? अकर्मण्यता, इच्छाशक्तिको अभाव र खराव नियतको कारण संबिधान बन्नमा ढिलाई भएको त हैन ?

नेताले जे कुरा पनि भै हाल्छ भने जनताले विश्वास गर्दछन भन्ने अब न रहने भो । नदि नै नभएको ठाउँमा पुल बनाई दिन्छु भने अविश्वास पैदा हुन्छ । त्यहाँ नेताले बनाउदिन भन्द फरक नपर्ला किनभने नदि नै न भएको ठाउँमा कसरि पुल बनाउने ?

नेताले गैर कानुनी रुपमा बनाउदिन भन्दा राष्ट्रको सच्चा सेवक कहलिन्छ तर विकासको काम लाई बनाउदिन भन्दा पद नै गुमाउने हुने हुन्छ । जे भएता पनि नेताले खानै पर्ने कुरा खादा फरक नपर्ला । तर खाने चिज नखाई नखाने चिज खाँदा फरक पर्ने हुनाले नेताले खाने या खादिन हुने कि न हुने भन्ने नेताहरुले आफै सोच्ने ?

र ,जुन चिज बनाउनु पर्ने र जसको हद नाघी सकी बिश्व सामु लाज हुने अवस्थाबाट गुज्रिएका हामी नेपाली अब नेताहरुले यस बिषयमा तार्किक बिन्दुमा बनाउछु भन्ने तर्फ लागेमा जनताको मन भित्र बस्ने वातावरण बन्ने सम्भावना हुन्छ । बनाउदिन भन्ने चाही गर्दै नगर्ने । यसो गरे मुलुक अनिर्णयको बन्दिबाट मुक्त हुने छैन । तसर्थ नेताले बनाउदिन भन्न हुने कि नहुने यो अभिभारा पाठक वर्गलाई जिम्मा दिदै .........बिदा

..............................................................................अस्तु

विजय

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: नेताले खादिन र बनाउदिन भन्न हुने कि न हुने ?
नेताले खादिन र बनाउदिन भन्न हुने कि न हुने ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgAAqCoDoulwjMXHdZkZ2fZ6gC6YMqKNz3Ae1QUKqYw_uDPGfzVQ8bdOQdWUEMKZeqVtX8b6_dCPEJKThIpPFf30p9Ia0w16inZ-nSlIsLTVUKSsqwZjVoLKWtCT-lL81py10PeIpdoYndK/s1600/unnamed.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgAAqCoDoulwjMXHdZkZ2fZ6gC6YMqKNz3Ae1QUKqYw_uDPGfzVQ8bdOQdWUEMKZeqVtX8b6_dCPEJKThIpPFf30p9Ia0w16inZ-nSlIsLTVUKSsqwZjVoLKWtCT-lL81py10PeIpdoYndK/s72-c/unnamed.jpg
Magone
http://gurublogtips.blogspot.com/2014/11/blog-post_98.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2014/11/blog-post_98.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy