गजल By, सावित्रा लुइँटेल घिमिरे प्यारी छोरीमा समर्पित बिवस्ताको हुरी बतास जति चले पनि अघि बढुन तिम्रा पाईला आकाश ढले पनि || साथ छोड्ने...
गजल By, सावित्रा लुइँटेल घिमिरे
प्यारी छोरीमा समर्पित
बिवस्ताको हुरी बतास जति चले पनि प्यारी छोरीमा समर्पित
अघि बढुन तिम्रा पाईला आकाश ढले पनि ||
साथ छोड्ने छैन तिम्रो जुनी जुनी सम्म
ममताको कमी हुन्न यो ज्यान गले पनि ||
आशा अनि बिश्वाश गर्छु संधै तिमीलाई
दुनियाँले आशंकाको मोसो दले पनि ||
जिन्दगीमा अफ्ठेरा पल जति सुकै आउँन
डग्न दिन्नौ इमान भाग्यले नै छले पनि ||
धर्ति होस तिम्रो मुटु आकाश तिम्रो छाती
सहन शक्ती मिलोस मन्मा आगो बले पनि ||
सावित्रा लुइँटेल घिमिरे
COMMENTS