सोलुखुम्बु, ६ मङ्सिर, वाकु–१ सोलुखुम्बुकी समीक्षा राईको स्वास्थ्यमा समस्या आएपछि उपचार गर्न खर्च अभाव भयो । गाउँमा कसैले दिएनन्, तर गाउँमा ...
सोलुखुम्बु, ६ मङ्सिर,
वाकु–१ सोलुखुम्बुकी समीक्षा राईको स्वास्थ्यमा समस्या आएपछि उपचार गर्न खर्च अभाव भयो । गाउँमा कसैले दिएनन्, तर गाउँमा सञ्चालनमा रहेको स्वास्थ्य उपचार सहयोग कोषबाट उनलाई रु ३० हजार प्राप्त भयो । जसबाट उपचार सम्भव भयो ।
गाउँको सो कोष खडा भएपछि समीक्षा राई जस्ता धेरैले राहत पाएका छन् । यो कोष अरु कसैले स्थापना गरिदिएको हैन, उनीहरू आफँैले औँसी र पूर्णिमाका दिन जम्मा गरेको मुठीदान गरेको कोदोबाट जम्मा भएको रकमले स्थापना गरेको हो ।
गाउँको स्वास्थ्य तथा सचेतनाको क्षेत्रमा काम गरिरहेको इको हिमाल नाम गैरसरकारी संस्थाको सहजीकरणमा स्थापना भएको सो कोषमा अहिले गाविसभरका हरेक घरधुरीले आँैसी र पूर्णिमामा एक÷एक मुठी गरी मासिक दुई मुठी कोदो जम्मा गर्छन्, सो कोदो बेचेर कोषमा रकम जम्मा गरिन्छ । यस्तै कोष देउसा गाविसमा पनि स्थापना भएको छ ।
छ महिनाअघि देउसा–८ सोलुखुम्बुका पूर्णबहादुर राई रुखबाट लडेर ढाडमा समस्या आएपछि सोही कोषबाट रु दश हजार रकम लिएर जिल्ला अस्पताल फाप्लु आए ।
उनको उपचार सफल भयो र उनले सो रकम कोषमा फिर्ता गरिसकेका छन् । कोषको रकम आपत्कालीन अवस्थामा प्रयोग गर्न पाइन्छ । तीन महिनासम्म ब्याज नलाग्ने सो रकमबाट त्यहाँका बासिन्दालाई आपत्कालीन स्वास्थ्य उपचारका लागि निकै सहज भएको छ ।
दुई वर्ष अघिमात्र सुरु भएको मुठिदान कार्यक्रम छोटो समयमा धेरै प्रभावकारी भइरहेको स्थानीय बताउँछन् । सोलुखुम्बु वाकुकी भिमामाया मगर भन्छन् “जो कोहीलाई पनि आपत् पर्न सक्छ । आपत् परेको समयमा प्रयोग गर्छु भनेर कसैले पैसा सञ्चित गरेको हँुदैन तर मुठीदान कार्यक्रम गाउँमा लागू भएपछि सहजै पैसा पाउने भएकाले गाउँमा धेरैको ज्यान बचाइसकेको छ ।”
विपन्न वर्ग र घरको आयस्रोत कमजोर भएका स्थानीयलाई केन्द्रित गरी लागू गरिएको मुठीदान कार्यक्रबाट धेरैले फाइदा लिइसकेको छ । सोलुखुम्बु देउसाकी सुविमाया राई भन्छन् “सुरुमा प्रतिघर एक मुठीका दरले अन्न जम्मा गर्दै गर्दा के पो गर्न सकिन्छ भन्ने सोचेको थिए तर एक÷एक मुठी गरेर अहिले हाम्रो समूहमा हजाराँै रकम जम्मा भइसकेको छ । यसले धेरै जनालाई अकालमा मृत्यु हुनबाट बचाएको छ ।”
व्यक्तिसँग ऋण खोज्दा कोसेलीको व्यवस्था गर्नुपर्छ चर्को ब्याज पनि पर्छ, त्यो पनि भनेको समयमा पाइँदैन तर गाउँलेले नै उठाउँदै आएको मुठीदान कार्यक्रमबाट जम्मा भएको रकम लिनका लागि कुनै कोसेली नचाहिँनुका साथै ब्याज पनि तिर्नु नपरेकाले धेरै सहज भएको वाकुका उत्तर सिं राईको भनाइ छ ।
सो कोष सञ्चालनका लागि स्थानीय स्वास्थ्य चौकीको मातहतमा रहने गरी आपत्कालीन स्वास्थ्य उपचार सहयोग कोष सञ्चालन समिति गठन गरिएको छ ।
सोही समितिले बिरामीको अवस्था हेरी कहाँ लैजानुपर्ने हो सोहीअनुसार रकम दिन्छ । उपचारका लागि सदरमुकाम सल्लेरी ल्याउनुपरेमा १० हजार, ओखलढुङ्गा लैजानुपरेमा ३० हजार र हेलिकप्टर चार्टर गरेर राजधानी नै लैजानुपर्ने भएमा पनि आवश्यक रकमको व्यवस्था कोषले गर्नेछ । रासस :

COMMENTS