पोखरा मङ्सिर ३, नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अञ्जनीकुमार झाले हालको जनसङ्ख्याअनुसार नेपालमा २२ देखि २५ हजार चिकित्सकको खाँचोपर...
पोखरा मङ्सिर ३,
नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अञ्जनीकुमार झाले हालको जनसङ्ख्याअनुसार नेपालमा २२ देखि २५ हजार चिकित्सकको खाँचोपर्ने बताएका छन् ।
नेपाल चिकित्सक सङ्घ गण्डकी शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एक करोड जनसङ्ख्या हुँदा व्यवस्था गरिएको चिकित्सकको दरबन्दी अहिले पनि यथावत रहेको बताउँदै उनले हाल एक हजार ३०० मात्रै चिकित्सक भएकाले जनतामा चिकित्सकको पहुँच पु¥याउन नसकिएको धारणा व्यक्त गरे ।
हाल जनसङ्ख्या तीनगुणा बढेको बताउँदै अध्यक्ष झाले एक चिकित्सकले दिनमा सातदेखि १० जना बिरामीको स्वास्थ्य परीक्षण गर्न पायो भनेमात्रै जनताले राम्रो उपचार पाउन सक्ने विचार व्यक्त गरे ।
देशको वर्तमान परिस्थिति एवम् स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको न्यूनीकरणका लागि सङ्घको अगुवाइमा गरिएका आन्दोलनमा नेपाल सरकारसँग विभिन्न समयमा भए गरेका सम्झौता पनि पूरा हुन नसकेको कार्यक्रममा जानकारी दिइयो ।
सरकारी तथा निजी क्षेत्रबाट काठमाडौँलाई मात्रै केन्द्रित गरी मेडिकल कलेज खोल्ने प्रवृत्ति बढेको र यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइएको थियो । रासस :

COMMENTS