काठमाडौँ, ३ मङ्सिर , विश्व शौचालय दिवसको अवसरमा आज यहाँ ‘ट्वाइलेट वाक्’ पदयात्राको आयोजना गरिएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घल नेपाल र पश्चि...
काठमाडौँ, ३ मङ्सिर ,
विश्व शौचालय दिवसको अवसरमा आज यहाँ ‘ट्वाइलेट वाक्’ पदयात्राको आयोजना गरिएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घल नेपाल र पश्चिम पाइला-युवा सञ्जाललगायत करिब दर्ुइ दर्जन सङ्घसंस्थाले आयोजना गरेको सो पदयात्रा पर््रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट सुरु भएर भद्रकाली मन्दिर, सुन्धारा, नयाँसडक हुँदै वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
मर्यादित र समतामूलक, लैङ्गिक मैत्री, अपाङ्गता मैत्री, ज्येष्ठ नागरिक मैत्री र्सार्वजनिक शौचालयका लागि पैरवी गर्ने उद्देश्यले आयोजना गरिएको पदयात्रामा सहभागीले ‘बनाए चर्पी त्यसैले सफा छ मेरो घर, धोए चर्पीपछि मैले हात त्यसैले छैन मलाई डर’, ‘असल मान्छेको परिचय सफा शौचालय’ र र्सार्वजनिक शौचालय अपाङ्ग मैत्री बनाऔँ’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
सोही अवसरमा पर्ूव वातावरण तथा विज्ञानमन्त्री गणेश शाहले सरसफाइ भन्नाले व्यक्तिगत सरसफाइका साथसाथै मानिसको आत्मसम्मान, स्वास्थ्य, पोषण तथा शिक्षासँग पनि सम्बन्ध रहेको हँुदा सरसफाइ मानिसको आधारभूत आवश्यकता हो भन्नुभयो । खानेपानी तथा ढल विकास विभागका अनुसार सरकारले सन् २०१७ सम्ममा मुलुकलाई खुला दिसामुक्त गर्ने घोषणा गरे तापनि कुल जनसङ्ख्याको ३० प्रतिशत अझै पनि शौचालयको उपयोग गर्नबाट वञ्चित छन् ।
मुलुकलाई खुला दिसामुक्त गर्ने योजनाअनुसार एक घर एक शौचालयको व्यवस्था गर्ने योजनासमेत अगाडि सारेको छ । काठमाडौँ उपत्यकामा रहेका ३५ लाख मानिसमध्ये अझै पनि सरसफाइका साथै फोहरमैला, फोहर र अव्यवस्थित र्सार्वजनिक शौचालय, पानी प्रदूषण आदि समस्यासँग सङ्र्घष्ा गरिरहेका छन् । जसमध्ये फोहोर र अव्यवस्थित र्सार्वजनिक शौचालयको समस्याले बढी अप्ठयारोमा परेका छन् ।
पश्चिम पाइला-युवा सञ्जालले गरेको अध्ययनअनुसार उपत्यकामा ६८ वटा र्सार्वजनिक शौचालय रहेका छन् । शौचालयमध्ये कति वटा समतामूलक छन्, कतिवटा प्रयोगमा छन् र तिनको अवस्था कस्तो छ भन्ने बुझ्नु अति आवश्यक देखिन्छ । रासस:
COMMENTS