फलेवास (पर्वत), ५ मङ्सिर , पर्वतको ठूलीपोखरी गाविसको एक परिवार सामाजिक रुपमा बहिष्कृत बनेको छ । ठूलिपोखरीकी २६ वर्षीया मुना नेपाली र भाइ आश...
फलेवास (पर्वत), ५ मङ्सिर ,
पर्वतको ठूलीपोखरी गाविसको एक परिवार सामाजिक रुपमा बहिष्कृत बनेको छ । ठूलिपोखरीकी २६ वर्षीया मुना नेपाली र भाइ आशीषमा कुष्ठरोग भएको गाउँलेले थाहा पाएपछि उनीहरुलाई सामाजिक रुपमा बहिष्कार गरेका हुन् ।
बाबुको मृत्युपछि आमासँगै बस्दै आएका मुनासहित अन्य तीनभाइ गाउँ निकाला बनेर हप्तादिनसम्म जङ्गलमा बसेपछि अहिले दाताहरुको सहयोगमा अन्यत्र पुनः वास गर्ने अवसर पाएका छन् । केही वर्षअघि मुना र आशीषमा कृष्ठरोगको सङ्क्रमण देखिएको थियो । सामाजिक रुपमा कुष्ठरोग सर्ने र अन्य प्रभाव बढ्ने भन्दै गाउँलेले घृणा गर्न थालेपछि आफूहरु वनबास गएको मुनाले बताइन् ।
“गाउँलेले बाँचेर अर्थ छैन, मरे पनि हुन्छ भन्ने र विभिन्न गालिगलौज गर्ने गरेका कारण समाजबाट बहिष्कृत भयौँ”–उनले रुँदै भनिन्–“सात दिनसम्म जङ्गलमा बस्यौँ, तीनभाइ खानेकुरा खोजेर ल्याउँथे जे पाइन्थ्यो त्यही खान्थ्यौँ ।”
बाबुको मृत्यु भएको केही वर्षपछि र छोराछोरीमा कृष्ठरोगको सङ्क्रमण भएको थाहा पाएपछि उनकी आमा पनि पर्वतकै पाङ गाविसका एक व्यक्तिसँग दोस्रो विवाह गरेर गएकी थिइन् । सात दिनसम्म गाउँबाट निस्किएर जङ्गलमा बस्दै आएको थाहा पाएपछि मुनाकै गाउँकी फुपू नाता पर्ने एक महिलाले उनीहरुलाई कहिलेकाँही खानाखाने व्यवस्था मिलाएकी थिइन् । “फुपूले खाना जङ्गलमा नै ल्याइदिनुहुन्थ्यो”–आशीषले भन्ने–“अनि टाढैबाट दिनुहुन्थ्यो बाँडीचुँडी खान्थ्यौँ ।” तत्पश्चात् उनै फुपूको सहयोगमा आफूहरु जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा उपचारका लागि आएको मुनाले बताइन् ।
उपचारपछि उनीहरुलाई आइएनएफ पोखराले हरियोखर्क अस्पतालमा पु¥याएर थप उपचार गरेको थियो । उपचारका क्रममा मुना र भाइ आशीषमा कुष्ठरोगको लक्षण देखिएपछि उनीहरुले औषधि सेवन गरिरहेका छन् । कुष्ठरोग नदेखिएका अन्य दुई भाइ भने अहिले जिल्ला बाहिर काम गर्दै आएका छन् । “मर्न हिँडेको मान्छे पनि भाइको मायाले फर्केर आएकी थिएँ”– मुनाले भनिन्–“अब त बाँच्छु भन्ने आशा जागेको छ ।” उनीहरुलाई औषधि खुवाई राखिएको र विगतको भन्दा धेरै सुधार भएको कार्यक्रम संयोजक सूर्यबहादुर कुँवरले बताउनुभयो ।
अहिले उनीहरुलाई पुनःवासका लागि तिलाहार गाविस–८ मा दाताको सहयोगमा घरसमेत निर्माण भइसकेको छ । स्थानीय तुलसी गिरीको सहयोगमा आधा रोपनी जग्गा सुलभ मूल्यमा लिएर निर्माणसम्बन्धी काम भइरहेको कुँवरले जानकारी दिनुभयो । घर निर्माणका लागि पर्वत उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समिति, जिल्ला रेडक्रस सोसाइटी, नेपाल अपाङ्ग उत्थान समाज पर्वतलगायतका सहयोगी निकायले सहयोग प्रदान गरेका छन् ।
“घर त बन्यो तर काम गर्न स्वास्थ्यले साथ दिँदैन, के खाएर बाँच्ने ?”–मुनाले सदरमुकाम कुश्माबजारमा आयोजित कार्यक्रममा सबैलाई सहयोग गरिदिन आग्रह गर्दै भनिन् । “मैले भाइको सहायता लिएर त्यो घृणित समाजका लागि केही गरेर देखाउनुछ सहयोग गर्नुहोस् ।” उनीहरु अहिले आफ्नो परिचयमा समेत जन्मथलोलाई नचिनाई तिलाहार घर भएको परिचय दिने गरेका छन् । पछिल्लो समयमा उनीहरुका लागि जिल्लामा क्रियाशील अपाङ्ग उत्थान समाज पर्वतले समेत आवश्यक सहयोग प्रदान गर्दै आएको छ । रासस

COMMENTS