चितवन मंसिर १२ , अनन्तप्रकाश सुवेदी : पूर्व चितवनको चैनपुर उच्च माविमा ११ र १२ का विद्यार्थिहरुलाई समेटेर एक दिने कृषिमा प्रयोग हुने विषाद...
चितवन मंसिर १२ ,
अनन्तप्रकाश सुवेदी : पूर्व चितवनको चैनपुर उच्च माविमा ११ र १२ का विद्यार्थिहरुलाई समेटेर एक दिने कृषिमा प्रयोग हुने विषादीको मानव स्वास्थ्यमा तथा वातावरणमा पर्ने प्रभावको बारेमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानको आयोजनामा सम्पन्न सो कार्यक्रममा पश्चिम भारतमा विषादीले गरेको विनाष र त्यस पश्चात किसानहरु कसरी प्रांगारिक खेति तर्फ उन्मुख भए भन्ने विषयमा बनाइएको वृतचित्र देखाइयो भने प्रतिष्ठानका कृषि विज्ञ सुन्दर तिवारीले चितवनको चैनपुर तथा अन्य क्षेत्रहरुमा भइरहेका विषादीको दुरुपयोगको स्थितिको बारेमा बताउनुभयो ।
जिल्ला कै गोलभेडा लगायत अन्य तरकारीको लागि पकेट क्षेत्रको रुपमा विकसित भइरहेको यो क्षेत्रमा अत्याधिक रुपमा विषादीको प्रयोगको जोखिम रहेको विद्यालयका सहायक प्र अ हरिप्रसाद अधिकारी स्वीकार्नुहुन्छ कार्यक्रममा स्थानिय कृषक पुर्णदत्त भूषालले व्यवहारीक रुपमा कसरी विषादीबाट बच्न सकिन्छ भन्ने बारेमा विस्तृत रुपमा बनाउनुभएको थियो ।
सहभागि विद्यार्थि मध्ये काशिगाँउका भविष्य तिवारीले कार्यक्रमबाट खेतवारीमा छरिने विषादीले मानवलाई क्यान्सर लगायतको रोगलाग्न सक्ने र यसको साटो प्रांगारिक खेतिमा लाग्नु पर्ने थाहा भएको र यो आफ्नो घर छिमेकमा बताउने बताए । चितवनको ५ गाविसमा संचालित यो जनचेतनामुलक कार्यक्रम जिल्ला भरि नै आवश्यक रहेको सो अवसरमा चर्चा चलेको थियो ।

COMMENTS