मङ्सिर ८, हरेक वर्ष स्कटल्याण्डमा पिरो खाना खाने प्रतिस्पर्धा हुन्छ, जसमा विश्वमै पिरो मानिएको ‘किलर करी’ पनि पाइन्छ । यो प्रतियोगितामा हरेक...
मङ्सिर ८, हरेक वर्ष स्कटल्याण्डमा पिरो खाना खाने प्रतिस्पर्धा हुन्छ, जसमा विश्वमै पिरो मानिएको ‘किलर करी’ पनि पाइन्छ । यो प्रतियोगितामा हरेक वर्ष थुप्रै मानिसहरुले भाग लिन्छन् । रमितेका लागि यो एक मनोरन्जन मात्र भएपनि सहभागीका लागि मुस्किलको क्षण हुनेगर्छ ।
गतवर्ष किलर करी खाने प्रतियोगिताका क्रममा सहभागीहरुलाई अस्पताल भर्ना गर्नुप¥यो । किलर करी खाएपछि उनीहरु छट्पटाउन थाले र तत्काल अस्पताल भर्ना गर्नुप¥यो । त्यसपछि पिरो खाना मृत्युको कारण बन्न सक्छ ? भन्ने विषयमा विज्ञका सामु प्रश्न राखियो । विज्ञका अनुसार रातो खुर्सानीले शरीरमा मेटाबोलिज्म बढाउँछ र मोटोपन कम गर्ने एक तत्वका रुपमा प्रयोग हुन्छ । तर, विशेषज्ञका अनुसार आवश्यकभन्दा बढी खुर्सानी सेवनले नोक्सान पनि पु¥याउँछ ।
एक अध्ययनका अनुसार यदि तीन पाउण्ड अत्यधिक पिरो खुर्सानी पाउडरको रुपमा सेवन गर्ने हो भने ६८ किलो तौल भएको व्यक्ति तत्काल मृत्युको मुखमा पुग्छ । तर, विशेषज्ञको भनाई छ, यस्तो हुने सम्भावना निकै कम हुन्छ किनभने अत्यधिक गर्मीप्रति शरीर अपेक्षाकृत चाँडो प्रतिक्रिया जनाउँछ । यसको लक्षण बान्ता, पेट दुखाई, पसिना निस्कने आदि रुपमा हुन्छ । विशेषज्ञको सुझाव छ, यदि पिरो खानाले पेट पोल्ने समस्या छ भने यस्ता खाना कम खानुपर्छ । एजेन्सी:

COMMENTS