काठमाडौँ, १० मङ्सिर, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्क को अध्यक्षता नेपाललाई हस्तान्तरण भएको छ । र्सार्कका वर्तमान अध्यक्ष माल्...
काठमाडौँ, १० मङ्सिर,
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्क को अध्यक्षता नेपाललाई हस्तान्तरण भएको छ । र्सार्कका वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले आज बिहान सुरु भएको १८ औँ शिखर सम्मेलन सञ्चालनका निम्ति प्रधानमन्त्री सुशील कोइरालालाई ‘ग्याभल’ हस्तान्तरण गरेपछि नेपाल र्सार्कको अध्यक्ष भएको हो ।
त्यसअघि राष्ट्रपति गैयुमले १८ औँ शिखर सम्मेलन सुरु भएको घोषणा गरेर अध्यक्षताका निम्ति निर्वाचनको प्रस्ताव गरेपछि र्सार्कका राष्ट्राध्यक्ष/सरकार प्रमुखले त्यसलाई अनुमोदन गर्नुभएको थियो । र्सार्क वडापत्रअनुसार अघिल्लो शिखर सम्मेलन आयोजक मुलुकले पछिल्लोपटक शिखर बैठक आयोजना गर्ने देशलाई र्सार्कको अध्यक्षता हस्तान्तरण गर्ने प्रावधान छ ।
र्सार्कको अध्यक्षता ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्क) मा आगामी दिनमा पनि नेपालको प्रतिबद्धता यसअघि झै कायम रहने बताउँदै सबैको सहयोगको अपेक्षा गर्दुछ भन्नुभयो । रासस:

COMMENTS