मङ्सिर १३, एजेन्सी : भेनेजुयलाको पश्चिमोत्तर क्षेत्रस्थित एक जेलमा औषधिको बढी डोज सेवन गर्दा ३५ कैदीको मृत्यु भएको छ । बारक्विजिमेटो जिल्ला...
मङ्सिर १३,
एजेन्सी : भेनेजुयलाको पश्चिमोत्तर क्षेत्रस्थित एक जेलमा औषधिको बढी डोज सेवन गर्दा ३५ कैदीको मृत्यु भएको छ । बारक्विजिमेटो जिल्लास्थित उरिबाना जेलका कैदीहरुले बेहोस रोक्ने औषधि, इन्सुलिन, एन्टिबायोटिक्स तथा उच्च रक्तचापसंबन्धी औषधि बढी सेवन गर्दा ३५ जनाको मृत्यु भएको हो ।
स्थानीय विपक्षी पार्टीका सांसदहरुले जनाएअनुसार १ सयभन्दा बढी कैदीहरुको उपचार भैरहेको र २० जनाको अवस्था गम्भीर थियो । तर, जेल प्रशासनले बिरामीप्रति वास्ता नगरेपछि उनीहरु विरोध गर्दै जेलको औषधि स्टोर कक्षमा पसेर औषधि खाएका थिए ।
तर, कैदीका आफन्तले भने जेल प्रमुखले कैदीलाई विष दिएको आरोप लगाएका छन् । भेनेजुयलाका देशमा कैदीको संख्या बढी छ र अधिकांश सुनुवाईका क्रममा जेलमा छन् ।

COMMENTS