गाईघाट -उदयपुर, ११ मङ्सिर, उदयपुर जिल्लामा युवा स्वरोजगारतर्फजिल्लाका स्थानीय युवा आकषिर्त हुँदै गएका छन् । जिल्ला कृषि विकास कार्यालय उदयप...
गाईघाट -उदयपुर, ११ मङ्सिर,
उदयपुर जिल्लामा युवा स्वरोजगारतर्फजिल्लाका स्थानीय युवा आकषिर्त हुँदै गएका छन् ।
जिल्ला कृषि विकास कार्यालय उदयपुरले युवा स्वरोजगारका लागि कात्तिक १६ गतेबाट मङ्सिर ८ सम्म फारम भर्न सूचना प्रकाशन गरेबमोजिम फारम भर्ने युवाको सङ्ख्या एक हजारको हाराहारीमा पुगेको कृषि विकास कार्यालय उदयपुरले बताएको छ ।
कृषि विकास कार्यालय उदयपुरले युवा स्वरोजगारसम्बन्धी विभिन्न व्यवसाय माछापालन, माहुरीपालन, तरकारी उत्पादन, च्याउखेतीलगायतका व्यवसायमा स्वरोजगार फारम खुलाएको हो । प्राप्त फारममध्ये छनोट गरेर च्याउखेतीसम्बन्धी २० जना युवा व्यवसायीलाई प्रतिव्यक्ति ४० हजारका दरले रु आठ लाख अनुदान दिने तयारी भएको छ ।
यस्तै माछापालन गर्न चाहने चार जनालाई प्रतिव्यक्ति रु ५२ हजारका दरले रु दर्ुइ लाख आठ हजार अनुदान दिने कुरा कृषि विकास कार्यालय उदयपुरले जनाएको छ । यता माहुरीपालनसम्बन्धी व्यवसाय गर्न चाहनेलाई जिल्ला कृषि विकास कार्यालय उदयपुरले रु ३६ लाख अनुदान दिने भएको छ ।
यस्तै तरकारी उत्पादनमा स्वरोजगारी गर्न चाहने ६० जनालाई प्रतिव्यक्ति रु ४० हजारका दरले रु २४ लाख अनुदान दिने तयारी गरिएको छ । सरकारद्वारा युवा स्वरोजगारको कार्यक्रम सञ्चालन हुँदै आएपछि केही वर्षता उदयपुरका युवा स्वरोजगार अनुदान रकममार्फ विभिन्न व्यवसायमा स्वरोजगारी बन्दै आएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले जानकारी दिएको छ । रासस:
COMMENTS