काठमाडौँ, १२ मङ्सिर, मरणोपरान्त आँखा दान गरेका बौद्ध विद्वान स्वर्गीय डा सानुभाइ डङ्गोलका दुईवटै आँखाको नानी अन्य आँखा नदेख्ने व्यक्तिमा सफल...
काठमाडौँ, १२ मङ्सिर,
मरणोपरान्त आँखा दान गरेका बौद्ध विद्वान स्वर्गीय डा सानुभाइ डङ्गोलका दुईवटै आँखाको नानी अन्य आँखा नदेख्ने व्यक्तिमा सफल प्रत्यारोपण गरिएको छ ।
मध्यपुर थिमि नगदेशस्थित बुद्धविहारका सचिव कृष्णकुमार प्रजापतिका अनुसार परिवारको सहमतिमा तिलगङ्गा आँखा प्रतिष्ठानका प्राविधिकहरुको सहयोगमा उहाँका आँखाको नानी निकाली अन्य व्यक्तिलाई प्रत्यारोपण गरिएको हो ।
उनका अनुसार आँखाको नानीलाई भैरहवा आँखा अस्पतालमा पु¥याई एउटा नानी भारतको नौतनवा निवासी ३२ वर्षीय ‘मण्डल’ थरका युवक र अर्को नानी भारतकै महाराजगन्ज निवासी ५८ वर्षीया ‘शुक्ला’ थरकी महिलामा सफल प्रत्यारोपण गरिएको छ । करिब ३५ वर्ष राजदरबारमा सेवा गरी विसं २०५० वैशाख १ बाट सेवा निवृत्त हुनुभएका डा डङ्गोलको यही मङ्सिर ९ गते निधन भएको थियो ।
सरस्वती क्याम्पस, त्रिविवि बौद्ध अध्ययन विभाग, लुम्बिनी बौद्ध विश्वविद्यालयलगायतमा लामो समय अध्यापन गराउनुभएका स्व. डङ्गोलको ‘नेपाली राजनीतिमा दरबार’, ‘बौद्ध इतिहासका केही पृष्ठहरु’, ‘बुद्धधर्ममा देखापरेका विकृति र विचलनहरु सम्बन्धमा एक अध्ययन’, लगायत एक दर्जन पुस्तक प्रकाशित छन् । रासस:

COMMENTS