मङ्सिर ७, भारत छत्तीसगढको विलासपुरमा आयोजित स्थायी बन्ध्याकरण शिविरमा महिलाहरुलाई मुसा मार्न प्रयोग गरिने विष दिइएको खुलासा भएको छ । उक्त शि...
मङ्सिर ७,
भारत छत्तीसगढको विलासपुरमा आयोजित स्थायी बन्ध्याकरण शिविरमा महिलाहरुलाई मुसा मार्न प्रयोग गरिने विष दिइएको खुलासा भएको छ । उक्त शिविरमा अपरेशन गरेपछि १५ भन्दा बढी महिलाको मृत्यु भएको थियो ।
अपरेशनपछि महिलालाई सिप्रोसिन–५०० नामक औषधि दिइएको थियो । तर, प्रयोगशालामा परीक्षणपछि उक्त औषधिमा जिङक फोस्फेट पाइएको जनाइएको छ । जिङक फोस्फेट मुसा पार्न प्रयोग गरिन्छ । छत्तीसगढका स्वास्थ्य मन्त्री अमर अग्रवालले औषधिमा विषादी मिसिएको र परीक्षण रिपोर्ट प्रहरीलाई जिम्मा लगाइएको जानकारी दिएका छन् । उनले यस घटनामा कुनै षडयन्त्रको सम्भावनालाई नकार्न नसकिने पनि बताएका छन् ।
हाल निलम्बनमा परेका स्वास्थ्य सचिव आलोक शुक्लाले स्थानीय प्रयोगशालामा परीक्षणपछि औषधिमा विषालु जिङक फोस्फाइट मिलाइएको पाइएको बताएका थिए । यसपछि औषधिमा उच्चस्तरको परीक्षणका लागि ल्याब पठाइएको थियो । स्वास्थ्य मन्त्री अग्रवालले पनि विभिन्न ल्याबमा गरिएको परीक्षणपछि पनि औषधि विषालु पाइएको बताएका छन् ।
विलासपुरको पेण्डारीमा गत ७ नोभेम्बरमा ८३ महिलाको स्थायी बन्ध्याकरण गरिएकोमा १८ जनाको मृत्यु भएको थियो । यस घटनामा सरकारले अपरेशनमा संलग्न डाक्टरलाई पक्राउ गरेको थियो । यस्तै, राज्य सरकारले १२ औषधि र चिकित्सा सामग्रीमाथि प्रतिबन्ध लगाएको छ । एजेन्सी :

COMMENTS