काठमाडौं कार्तिक २७, नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले आँखाको दृष्टि पर्दा (रेटिना) सम्बन्धी समस्याको शल्यक्रिया गर्ने नयाँ अत्याधुनिक मेसिन...
काठमाडौं कार्तिक २७,
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले आँखाको दृष्टि पर्दा (रेटिना) सम्बन्धी समस्याको शल्यक्रिया गर्ने नयाँ अत्याधुनिक मेसिन भित्र्याएको छ ।
अस्पतालले अमेरिकाबाट भिक्ट्रेक्टोमी मेसिन ल्याएर सेवा सुरु गरेको हो । अस्पतालका चिकित्सक डा. किरण शाक्यका अनुसार कुनै दुर्घटना, मोतिबिन्दु तथा अन्य समस्याका कारण आँखाको दृष्टि पर्दा च्यातिएको वा छेकिएको छ भने त्यस्ता समस्या समाधान गर्न यो मेसिनको प्रयोग हुन्छ । ‘यो मेसिनले त्यस्ता समस्यालाई छिटो र सहज ढंगले शल्यक्रिया गर्न सकिनेछ,’ उनले भने, ‘यसमा प्रतिमिनेट ७५ सय कट क्षमता रहेको छ ।
यो भनेको निकै आधुनिक प्रविधि हो ।’ यो मेसिनको सहायतामा मोतिविन्दुको फाको इमुल्सिफिकेसन सर्जरी र भिट्रो रेटीनल सर्जरी (आँखाको पर्दा) एकैचोटी गर्न सकिन्छ । यो प्रविधिमार्फत् सर्जरी गर्दा टाँकासमेत लगाउनु नपर्ने डा. सविना श्रेष्ठ बताउँछिन् । उनका अनुसार यो मेसिन हाल नेपालमा त्रिपुरेश्वर आँखा अस्पतालमा मात्र रहेको छ । source, health news:

COMMENTS