कञ्चनपुर मङ्सिर १, जिल्लाको कृष्णपुर–२ बङ्कमा बस्दै आएका मुक्त कमैया परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । खानेपानीका लागि गाडेका अधिक...
कञ्चनपुर मङ्सिर १,
जिल्लाको कृष्णपुर–२ बङ्कमा बस्दै आएका मुक्त कमैया परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । खानेपानीका लागि गाडेका अधिकांश ह्यान्डपम्पमा आर्सेनिक आउन थालेपछि मुक्त कमैया परिवारलाई खानेपानीको समस्या भएको हो ।
मुक्त कमैया लाहुरे डगौराले बस्तीका अधिकांश ह्यान्डपम्पमा आर्सेनिकको समस्या रहेको बताए । ‘आर्सेनिकयुक्त पानी पिउँदा रोग लाग्ने थाहा हुँदाहँुदै पनि हामी पिउन बाध्य छौँ, शुद्ध पिउने पानीको व्यवस्था छैन’ उनले भने । गैरसरकारी संस्थाको सहयोगमा तीन वर्षअघि यहाँका ह्यान्डपम्पको पानी जाँच गर्दा आर्सेनिक फेला परेको थियो ।
संस्थाका कर्मचारीले पानी पिउन योग्य नभएको चिन्ह ह्यान्डपम्पमा लगाएर गए पनि बाध्यतावश पानी पिउनु परेको तेजबहादुर चौधरीले बताए । बस्तीमा रहँदैं आएका ९६ परिवारमध्ये ४० भन्दा बढीको ह्यान्डपम्पमा आर्सेनिकको समस्या रहेको छ । शुद्ध पिउने पानीको व्यवस्था गरिदिन भन्दै गाविस, जिविस र सभासद्लाई आग्रह गरे पनि सुनवाइ हुन नसकेको चौधरीले दुखेसो पोखे ।
विसं २०६१ देखि बस्दै आएका मुक्त कमैया परिवारले आफूहरु आधारभूत सेवासुविधाबाट समेत वञ्चित भएको बताएका छन् । बस्तीका सात घरबाहेक अन्यका घरमा शौचालय नहुँदा मुक्त कमैया परिवार पूर्व पश्चिम राजमार्ग पार गरेर सामुदायिक वनमा छिर्ने गरेका छन् । रासस :

COMMENTS