सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो I

कञ्चनपुर, १३ मङ्सिर, कञ्चनपुरको देखतभूली स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा बढोत्तरी भएको छ । सुरक्षित गर्भपतन गराउ...

कञ्चनपुर, १३ मङ्सिर,

कञ्चनपुरको देखतभूली स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा बढोत्तरी भएको छ । सुरक्षित गर्भपतन गराउने व्यवस्था भएपछि भारतीय निजी क्लिनिकमा चर्को शुल्क तिरेर गर्भपतन गराउँदै आएका महिला स्वास्थ्य चौकीमा पुगेर गर्भपतन गराउन थालेका छन् ।

विगतमा अवैध र अनिच्छित गर्भ रहन गएको खण्डमा घरमै जडीबुटीको प्रयोग गर्ने र पेट थिचेर गर्भपतन गराउने कार्य हुँदै आएकामा हाल स्वास्थ्य चौकीले सुरक्षित गर्भपतन सेवा सुरु गरेपछि त्यो कार्य पूर्ण रुपमा रोकिएको स्वास्थ्च चौकीका अनमी रत्ना ठगुन्नाले बताइन् ।

“गर्भपतन गराउन आउने महिलाको नाम र ठेगाना गोप्य राखिने गरिएकाले महिला निर्धक्कसँग स्वास्थ्य चौकी पुगेर गर्भपतन गराउँदै आएका छन्”, उनले भनिन् । गाउँका महिलाले स्वास्थ्य स्वयम्सेवीकालाई गर्भपतनबारे जानकारी गराउने र स्वास्थ्य चौकी पुगेर गर्भपतन गराउँदै आएका छन् । स्वास्थ्य चौकीमा आठ महिनाको अवधिमा ७० जना महिलाले गर्भपतन गराएको स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाले बताए ।

उनका अनुसार गर्भपतन गराउने महिलामा २० देखि ४० वर्षसम्मका रहने गरेका छन् । स्वाथ्य चौकीले नौ हप्तासम्मको गर्भपतनको कार्य गराउँदै आएको छ । गर्भपतन सेवापछि देखिने जटिलताका लागिसमेत स्वास्थ्य चौकीले सेवा दिँदै आएको छ । रासस:

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो I
सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो I
Magone
http://gurublogtips.blogspot.com/2014/11/i_38.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2014/11/i_38.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy