कार्तिक २८, भारतको छत्तिसगढमा सञ्चालित शिविरमा परिवार नियोजन गराएपछि १५ महिलाको मृत्यु भएको प्रकरणलाई लिएर त्यसमा संलग्न मुख्य अभियुक्त डाक्...
कार्तिक २८,
भारतको छत्तिसगढमा सञ्चालित शिविरमा परिवार नियोजन गराएपछि १५ महिलाको मृत्यु भएको प्रकरणलाई लिएर त्यसमा संलग्न मुख्य अभियुक्त डाक्टर आर के गुप्ता गिरफ्तार भएका छन् ।
शिविरमा महिलाको बन्ध्याकरणमा डा. गुप्ता प्रमुख रुपमा संलग्न थिए । छत्तिसगढको बिलासपुरमा भएको स्थायी बन्ध्याकरण शिविरमा सहभागी भएका महिलामध्ये १५ जनाको मृत्यु भैसकेको छ भने ९२ जना विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । राज्य सरकारले अस्पतालमा भर्ना भएका महिलालाई सुविधाजनक अस्पतालमा लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरेको छ ।
चिकित्सकका अनुसार परिवार नियोजन गराएका महिलामा मल्टिपल अर्गान फेलियरको समस्या देखिएको छ । यसबारेमा अनुसन्धान भैरहेको छ । मृतक महिलाको पोष्टमार्टम रिपोर्ट आएपनि मृत्युको कारण अझैं स्पष्ट भैसकेको छैन । छत्तिसगढका स्वास्थ्य मन्त्री अमर अग्रवालले यस घटनाका लागि प्रारम्भिक रुपमा खराब औषधिलाई जिम्मेवार मानिएको उल्लेख गर्दै परिवार नियोजनमा प्रयोग गरिएको औषधि र सामग्रीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिए । समाचारमा जनाइएअनुसार छत्तिसगढ सरकारका लागि औषधि खरिद गर्ने जिम्मा छत्तिसगढ मेडिकल सर्भिस कर्पोरेशन नभई भारतीय वन सेवाका अधिकारीले लिएका छन् ।
मेडिकल सर्भिस कर्पोरेशनले टेण्डर आव्हान गरेर सबैभन्दा सस्तो औषधि किन्ने गर्छ । ती कम्पनीहरुले नाफा गर्न ५ वर्षसम्मको स्टक पनि किन्ने गरेका छन् । उक्त शिविरका लागि भने औषधि खरिद स्थानीय रुपमा गरिएको थियो । औषधि स्थानीय एक कम्पाउण्डरले किनेका थिए । परिवार नियोजन शिविरमा प्रयोग गरिएका आइबुप्रोफेन ४०० एमजी, सिप्रोसीन ५०० एमजी, इंजेक्शन(लिग्नोकेन एचसीएल आईपी, इंजेक्शन(लिग्नोकेन एचसीएल, एभ्जरभेन्ट कटन उल र जिलोन लोशन लाई राज्य सरकारले प्रतिबन्धित गरेको हो । एजेन्सी:

COMMENTS