लुम्बिनी, रुपन्देही, १ मङ्सिर, ‘करदाता मैत्री कर प्रशासन, समृद्ध र सुशासन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कर दिवस तथा क...
लुम्बिनी, रुपन्देही, १ मङ्सिर,
‘करदाता मैत्री कर प्रशासन, समृद्ध र सुशासन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कर दिवस तथा कर सप्ताह, २०७१ सुरु भएको छ ।
मङ्सिर ७ गतेसम्म सञ्चालन हुने कर सप्ताहको पहिलो दिन आज आन्तरिक राजस्व कार्यालय भैरहवा रुपन्देहीले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयबाट निस्किएको प्रभातफेरी नगरका नारायण स्थान, बैंकरोड, नयाँ सडक हँुदै कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रभातफेरीमा आन्तरिक राजस्व कार्यालय रुपन्देहीका अधिकृत, विभिन्न शाखाका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यार्थीलगातयतका सयाँैको सहभागिता रहेको थियो । कर सप्ताहकै पहिलो दिन आज कार्यालयमा सुरुमा सेवा लिन आउनुभएका राजेश उपाध्याय, राजु कोहार, मेघनाथ कँडेल र सुरुमा प्यान लिन आउनुभएका लयप्रसाद भट्टर्राईलाई सम्मान गरिएको थियो ।
उहाँहरुलाई खादाले सम्मान गरिएको निमित्त प्रमुख कर अधिकृत हरि बस्यालले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रमअनुसार भोलि २ गते रक्तदान कार्यक्रम, ३ गते करदाता शिक्षा तथा अन्तक्रिर्या, ४ गते तिलोत्तमा उद्योग वाणिज्य सङ्घको सहकार्यमा अन्तक्रिर्या कार्यक्रम, ५ गते अन्तक्रिर्या कार्यक्रम एवम् घुम्ती सेवा कार्यक्रम, ६ गते सरसफाइ तथा कविता प्रतियोगिता कार्यक्रम र ७ गते करदाता सम्मान तथा समापन कार्यक्रमको आयोजना गरिएको कर अधिकृत प्रेम पोखरेलले जानकारी दिनुभयो । रासस

COMMENTS