पुर्व: इटहरीमा नि:शुल्क स्वास्थ्य शिविर I

इटहरी, ४ मङ्सिर , पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यको निःशुल्क स्वास्थ्य जाँचका लागि इटहरीमा सञ्चालित शिविरमा ५०० भन्दा...

इटहरी, ४ मङ्सिर ,

पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यको निःशुल्क स्वास्थ्य जाँचका लागि इटहरीमा सञ्चालित शिविरमा ५०० भन्दा बढीको स्वास्थ्य जाँच गरिएको छ ।

सहकारीले आफ्ना सेयर सदस्यको परिवार स्वास्थ्यलाई ध्यान दिँदै नोबेल मेडिकल कलेजसँगको सहकार्यमा सञ्चालन गरिएको शिविरमा आँखा, नाक कान घाँटी, प्रसूति तथा बालरोग, हाडजोर्नी, मानसिक रोग, दन्त रोग सर्जरी र छाला रोगको जाँच गरिएको थियो ।

नोबेल मेडिकल कलेजका चिकित्सक सुनिल चक्रधरको नेतृत्वमा रहेको २५ जनाको चिकित्सक टोलीले शिविरमा आएका रोगीको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा स्वास्थ्य जाँचका लागि आएकालाई स्वस्थ रहनका लागि अपनाइने सावधानीका विषयमा परामर्श पनि दिइएको थियो । यसैगरी गोल्छा आँखा अस्पताल विराटनगरको सहयोगमा रेडक्रस सोसाइटी इटहरी र हाँसपोसा र जुनियर रेडक्रस हाँसपोसाको संंयुक्त पहलमा जनसहयोग उच्च मावि तरहरामा सञ्चालित निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविरमा सो उच्च माविका ८०० विद्यार्थीको आँखाको जाँच गरेर आँखा स्वस्थ राख्ने विषयमा सचेत पनि गराइएको शिक्षक हेमन्त गौतमले जानकारी दिनुभयो । शिविरमा चिकित्सक राजन भट्टराई, सागर पोख्रेल, सन्तोष कट्टेल र केदार गिरीको टोलीले सेवा प्रदान गरेको थियो । रासस

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: पुर्व: इटहरीमा नि:शुल्क स्वास्थ्य शिविर I
पुर्व: इटहरीमा नि:शुल्क स्वास्थ्य शिविर I
Magone
http://gurublogtips.blogspot.com/2014/11/i_50.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2014/11/i_50.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy