रत्ननगर २९ कार्तिक , होमनाथ सापकोटा : १४ औं वार्षिकोत्सवको अवसरमा सिनर्जी एफएमले गामवेसीको चेपाब संरक्षण केन्द्रमा आश्रित चेपाब वालवालिकाल...
रत्ननगर २९ कार्तिक ,
होमनाथ सापकोटा : १४ औं वार्षिकोत्सवको अवसरमा सिनर्जी एफएमले गामवेसीको चेपाब संरक्षण केन्द्रमा आश्रित चेपाब वालवालिकालाई आज स्टेशनरी र खे लकुद सामाग्री सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत एफएमले केन्द्रलाई आवश्यक कापी,कलम र फुटवल र भलिवल सहयोग गरेको छ । एफएमका प्रबन्ध निर्देशक सहनलाल प्र धान र स्टेशन म्यानेजर अमर प्रधानले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
केन्द्रमा आयो जित कार्यक्रममा एफएमका प्रबन्ध निर्देशक सहनलाल प्रधानले एफएमको सामाजिक उत्तरदायित्व बहन गर्दै चेपाब वालवालिकालाई शिक्षा प्रदान गर्ने अभियानमा सहयोग गरिएको बताउनुभयो । उहाँले चेपाब वालवालिकालाई शिक्षा प्रदान गर्ने अभियानमा हौसला मिलोस भन्नका लागि सानो सहयोग गरिएको र आगामी दिनमा पनि जारि राख्ने बताउनु भयो ।

COMMENTS