बनेपा कात्तिक ३०, आर्थिक विपन्नताका कारण शिक्षामा पहुँच नभएका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन नयाँ प्रयासको थालनी भएको छ । काभ्रेपलाञ...
बनेपा कात्तिक ३०,
आर्थिक विपन्नताका कारण शिक्षामा पहुँच नभएका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन नयाँ प्रयासको थालनी भएको छ ।
काभ्रेपलाञ्चोकमा सुरु भएको बाल संवेदनशील सुरक्षा कार्यक्रममार्फ अहिलेसम्म ३८ जनालाई जिल्लाको भिमखोरी, पात्लेखेत, सिपाली, श्यामपाटीलगायत सातवटा गाविसमा रु तीन लाखदेखि रु पाँच लाखसम्मको अक्षयकोष स्थापना गरेर मासिक रु ३०० का दरले बालबालिकाको शिक्षामा लगानी गरिएको कार्यक्रम संयोजक राम लामाले जानकारी दिनुभयो ।
उहाँले पहिलो प्राथमिकता बालबालिकाको अभिभावक गुमाएकाहरुलाई दिइएको उल्लेख गर्दै सन् २०१६ सम्म जिल्लाका सबै गाविसमा बालबालिकाको शिक्षाका लागि सो कार्यक्रममार्फ लगानी गरिने बताउनुभयो । जिल्ला विकास समिति काभ्रेपलाञ्चोकको समन्यवमा सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन भएको सो परियोजनाले जिल्लाका विभिन्न २५ गाविसमा २५ वटा कम्प्युटरसमेत वितरण गरेको छ ।
संयोजक लामाका अनुसार अहिलेसम्म १३ वटा गाविसमा अक्षयकोष स्थापना र २५ गाविसमा कम्प्युटर जडानका लागि सहित रु ७२ लाख लगानी भएको छ । जिल्ला विकास समिति काभ्रेपलाञ्चोकका कार्यक्रम अधिकृत विदुर गौतमले अनाथ र अभिभावक गुमाएका बालबालिकालाई लक्ष्यित गरेर उनीहरुको शिक्षामा पहँुच बढाउन कार्यक्रम सञ्चालन भएको बताउनुभयो । अभिभावक गुमाएका बालबालिका अधिकांश जानजाति समुदायका रहेका छन् । रासस:
COMMENTS