कञ्चनपुर, १४ मङ्सिर, आफ्नै बाबुलाई काठको चिर्पटले हिर्काएर मरणासन्न अवस्थामा पुर्याउने कञ्चनपुरको पिपलाडी-६ का दीपक चौधरीलाई गएराति प्रहरील...
कञ्चनपुर, १४ मङ्सिर,
आफ्नै बाबुलाई काठको चिर्पटले हिर्काएर मरणासन्न अवस्थामा पुर्याउने कञ्चनपुरको पिपलाडी-६ का दीपक चौधरीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अंश विवादमा चौधरीले आफ्ना बाबु ६८ वषर्ीय कल्लु चौधरीलाई काठको चिर्पटले हिर्काएका थिए ।
टाउकोमा लागेको गम्भीर चोटका कारण कल्लुको स्वास्थ्य स्थिति चिन्ताजनक बनेको छ । कल्लुलाई उपचारका लागि कैलालीको सेती अञ्चल अस्पतालमा लगिएको छ । दीपकलाई पक्राउ गरी हिरासतमा राखेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालबहादुर ऐरले बताउनुभयो । रासस

COMMENTS