१२ बजे विद्यालय आएर ३ नबज्दै घर फर्कनु पर्ने बाध्यता I

बाबियाचौर -म्याग्दी, २६ कात्तिक,  म्याग्दीको रुमका विद्यार्थी १२ बजे विद्यालय पुगेर ३ नबज्दै घर र्फकने गरेका छन् । विद्यालयदेखि घर टाढा हुनु...

बाबियाचौर -म्याग्दी, २६ कात्तिक,

 म्याग्दीको रुमका विद्यार्थी १२ बजे विद्यालय पुगेर ३ नबज्दै घर र्फकने गरेका छन् । विद्यालयदेखि घर टाढा हुनु, छात्रावासको सुविधा नहुनु, भौगोलिक विकटताका कारण भिर तथा जङ्गलको बाटो भएर ढिला गरी विद्यालय पुग्ने बालबालिका छुट्टी नहुँदै कक्षा छोडेर घर र्फकने गरेका हुन् ।

रुम-४ मा अवस्थित राष्ट्रिय मावि र ९ मा रहेको अमर ज्योति माविमा पढ्ने सोही गाविसको ७ नम्बर वडामा पर्ने पात्ले, घाङ्लेपानी र सुरुङखाल्टाका विद्यार्थीले हिउँदको समयमा कक्षा छाड्ने समस्या रहेको छ । बिहान घरको काममा अभिभावकलाई सघाएर तीन घण्टा हिँडेर विद्यालय पुग्ने र साँझ ३ बजे विद्यालयबाट नहिँडे समयमा नै घर नपुगिने हुँदा तीनवटा विषयको कक्षा नै छाड्नु परेको राष्ट्रिय माविको कक्षा ९ मा अध्ययनरत पात्लर्ेखर्ककी छात्रा मीनाकुमारी रोकाले बताईन् ।

भिर, पहरा र खोल्सा खाल्छी तथा जङ्गलको बाटो भएर विद्यालय पुग्ने करिब सयजना विद्यार्थी छात्रावासको सुविधा नहुँदा गृहकार्य र घरमा अध्ययन गर्न नपाएको पीडा बालबालिका सुनाउँछन् । पैदलयात्राका क्रममा थकाइ लाग्ने हुँदा घरमा पढ्नसमेत नपाउने र कक्षाकोठामा शिक्षकले पढाएको बुझ्न नसक्ने समस्याका कारण कतिपय विद्यार्थीले बिचैमा कक्षा छाड्ने गरेका छन् ।

भौगोलिक विकटताका कारण पढ्नका लागि धेरै समय हिँड्नुपर्ने बाध्यताका कारण विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गराउन नसक्दा विद्यालयको शैक्षिक अवस्थासमेत कमजोर बनेको राष्ट्रिय माविका प्रधानाध्यापक अमरसिंह पुनले बताउनुभयो । विद्यार्थीको सुविधाका लागि छात्रावास सञ्चालन गर्ने प्रयास गरे पनि अनुकूल र आवश्यकता अनुसारको भवन लगायतको पर्ूवाधार नभएकाले सफल हुन सकेको छैन ।

गत वर्षकक्षाकोठालाई छात्रावासका रुपमा समेत प्रयोग गरिएको भए पनि व्यवस्थापन गर्न कठिन भएपछि निरन्तरता पाउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत पुनले बताउनुभयो । उक्त विद्यालयमा हाल ५५० जना अध्ययनरत छन् । रासस:

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: १२ बजे विद्यालय आएर ३ नबज्दै घर फर्कनु पर्ने बाध्यता I
१२ बजे विद्यालय आएर ३ नबज्दै घर फर्कनु पर्ने बाध्यता I
Magone
http://gurublogtips.blogspot.com/2014/11/i_61.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2014/11/i_61.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy