मङ्सिर १, अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले विश्वभर पोलियो उन्मुलनको दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरेको छ । विश्वभर स...
मङ्सिर १,अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले विश्वभर पोलियो उन्मुलनको दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरेको छ । विश्वभर सञ्चालन भएको अभियानबाट पोलियो भाइरसको तीन रुपमध्ये दोस्रोलाई पूर्ण रुपले उन्मुलन गरिएको विशेषज्ञहरुले बताएका छन् ।
तीन वर्षदेखि पोलियो भाइरसको ‘टाइप तीन’ कतै पनि देखिएको छैन । टाइप दुईलाई सन् १९९९ मै उन्मुलन गरिएको थियो । समाचारमा जनाइएअनुसार विश्वभरबाट पोलियो उन्मुलनको संघारमा पुगेका बेला पाकिस्तानमा भने चिन्ताजनक अवस्था रहेको छ । सिडिसीको रिपोर्टअनुसार टाइप तीन पोलियो भाइरसको अन्तिम केस पाकिस्तानमा सन् २०१२ को नोभेम्बरमा देखिएको थियो ।
सन् १९९८ मा विश्वभर साढे तीन लाख पोलियोका बिरामी रहेकामा सन् २०१३ मा यो संख्या घटेर ४ सय १६ मा सीमित भएको थियो । तर, पाकिस्तानमा भने अवस्था नाजुक रहेको बताइएको छ । पाकिस्तानमा गत वर्ष ५९ जना पोलियो रोगी देखा परेकामा यसवर्ष २ सय ३६ देखा परेको छ । पाकिस्तानमा तालिबानले दुई वर्षदेखि देशको आदिबासी क्षेत्रमा पोलियो खोप अभियानमा प्रतिबन्ध लगाएको छ ।
सन् २०१३ मा पोलियो भाइरस सिरियामा पनि देखा परेको छ । सिडिसीको सेन्टर फर ग्लोबल हेल्थका वरिष्ठ सल्लाहकार डा. स्टीफन कोची भन्छन् ‘हामीले पोलियोका तीन खालका भाइरसमध्ये दोस्रोलाई पनि समाप्त पारिदियौं, तर, यो पाकिस्तानको अवस्था चामलमा ढुंगाजस्तै भइरहेको छ ।’ यद्यपि पोलियो ग्लोबल सर्टिफिकेशन कमिसनले ‘टाइप तीन’ पोलियो भाइरस उन्मुलनको आधिकारिक घोषणा गर्न बाँकी छ ।
औपचारिक घोषणाका लागि एक वर्ष अझैं लाग्ने कमिसनले जनाएको छ । हाल टाइप एक भाइरसको असर पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा निकै छ । पोलियो रोग लागेका २ सय जनामध्ये एक जनाको शरीरको अंगमा समस्या आउँछ । कहिलेकाही त श्वासप्रश्वास गर्ने मांशपेशीले पनि काम गर्न बन्द गर्छ, जसबाट बच्चाको मृत्युसमेत हुन्छ । एजेन्सी :
COMMENTS