सार्क देशका सांस्कृतिक बिबिधता I

काठमाडौँ, ४ मङ्सिर , दक्षिण एसियाली क्षेत्र धार्मिक एवम् सांस्कृतिक दृष्टिकोणले विविध धर्म र संस्कृतिको साझा फूलबारीका रुपमा विश्व मानचित्रम...

काठमाडौँ, ४ मङ्सिर ,

दक्षिण एसियाली क्षेत्र धार्मिक एवम् सांस्कृतिक दृष्टिकोणले विविध धर्म र संस्कृतिको साझा फूलबारीका रुपमा विश्व मानचित्रमा स्थापित हुन सफल भएको छ । दक्षिण एसियाली क्षेत्रका नेपाल र भारत प्राचीनकालदेखि नै ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहँदै आएको छ । 

यही क्षेत्रमा बसेर ऋषिमुनिहरुले अध्ययन, अनुसन्धानका माध्यमबाट तयार पारेको दर्शनलाई पर्ूर्वीय दर्शनका नामले विश्वव्यापी पहिचान प्राप्त भएको छ । अमेरिकी अनुसन्धान संस्था नासाले विश्वमै प्राचीन ग्रन्थ भनी प्रमाणित गरेको अपौरुषेय वेदको उत्पत्तिसमेत यही क्षेत्रमा भएको थियो । 

वैदिक दर्शन अर्थात् पर्ूर्वीय दर्शनको जननीका रुपमा रहेको दक्षिण एसियाली क्षेत्रबाटै ज्ञानको प्रचारप्रसार विश्वव्यापीरुपमा हुँदै आएको छ । यस क्षेत्रका नेपाल र भारत अहिले पनि वैदिक दर्शनबाट आएको हिन्दू धर्म मान्ने मानिसहरुको बाहुल्यता रहेका देशमा पर्दछन् । दक्षिण एसियाली क्षेत्रका अफगानिस्तान, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स मुस्लिम बाहुल्य रहेका मुलुक हुन् । ९९ प्रतिशत इस्लाम रहेको अफगानिस्तान इस्लामिक गणतन्त्र हो । 

पाकिस्तानमा बहुसङ्ख्यक इस्लाम धर्मावलम्बी रहेका छन् भने अल्पसङ्ख्यक मात्र हिन्दू धर्मावलम्बी छन् । सन् १९४७ मा इस्लाम बहुसङ्ख्यक भएकाले यो मुलुक हिन्दूस्तानबाट टुक्रिएको थियो । पर्ूर्वी पाकिस्तान भनेर चिनिने बङ्गलादेश सन् १९७१ मा पाकिस्तानबाट टुक्रिएको हो । मालदिभ्समा भने प्रायः सम्पर्ूण्ा जनता नै सुन्नी स्ाम्प्रदायका मुस्लिम धर्मावलम्बी रहेका छन् । टापु नै टापुको देश माल्दिभ्स विश्वका पर्यटकका लागि आकर्षाको केन्द्र मानिन्छ । यस क्षेत्रका भुटान र श्रीलङ्का भने बौद्ध धर्मावलम्बीहरुको सङ्ख्या अत्याधिक छ । 

भुटानमा ७० प्रतिशत बौद्ध र ३० प्रतिशत हिन्दू धर्मावलम्बी रहेका छन् । श्रीलङ्कामा ६९ प्रतिशत बौद्ध, १५ प्रतिशत हिन्दू, क्रिश्चियन आठ प्रतिशत, मुस्लिम सात प्रतिशत र अन्य धर्मावलम्बी एक प्रतिशत रहेका छन् । यसरी दक्षिण एसिया क्षेत्र धार्मिक र सांस्कृतिक दृष्टिले विविधताको साझा फूलबारीका रुपमा विश्व मानचित्रमा रहेको छ । यही विविधतालाई झल्काउनका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्क) ले सांस्कृतिक केन्द्रको स्थापना गरेको छ । र्सार्क मन्त्रिपरिषद्को २४औँ बैठकले सांस्कृतिक केन्द्रको स्थापना गर्ने निर्ण्र्ाागरेको हो । यो केन्द्रलाई र्सार्कको १२औँ शिखर सम्मेलनले स्वीकृत गरेको थियो । 

र्सार्क सांस्कृतिक केन्द्रको सचिवालय श्रीलङ्काको केण्डी सहरमा रहेको छ । कोलम्बो घोषणापत्रबमोजिम र्सार्क सांस्कृतिक केन्द्रको स्थापना गर्न वित्तीयलगायत सम्पर्ूण्ा पक्ष समेटी एक प्रतिवेदन तयार गर्न ११औँ र्सार्क शिखर सम्मेलनले निर्देशन दिएबमोजिम तयार भएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले र्सार्क सांस्कृतिक केन्द्रको स्थापना गर्ने निर्ण्र्ाागरेको थियो । र्सार्क सांस्कृतिक केन्द्र दक्षिण एसियाली क्षेत्रको सम्पदाको प्रतीकका रुपमा रहने व्यवस्था गरिएको छ । 

केन्द्रले यस भेगका सांस्कृतिक छटाहरुलाई संरक्षण, सर्म्वर्द्धन गर्ने र यस क्षेत्रको सांस्कृतिक विविधतालाई विश्व जगत्मा चिनाउने काम गर्नेछ । यसैका लागि सन् २००३ मा कोलम्बोमा प्रथम र सन् २००६ मा दोस्रो र्सार्क मन्त्रीस्तरीय संस्कृतिसम्बन्धी विशेष बैठक सम्पन्न भएको छ । यसअघि सन् १९९० जनवरी १० मा स्थापना भएको दक्षिण एसियाली सांस्कृतिक महासङ्घले पनि यस्तै काम गर्दै आएको थियो । काठमाडौँमा स्थापना गरिएको महासङ्घको सात सदस्यीय कार्यसमिति रहेको थियो । महासङ्घको मुख्य उद्देश्य सांस्कृतिक ज्ञानको आदानप्रदान गर्ने, सांस्कृतिक सम्पदा एवम् परम्पराको अध्ययन अनुसन्धान र प्रकाशन गर्ने तथा दक्षिण एसियाली क्षेत्रको सांस्कृतिक विकासमा ठोस टेवा पुर्‍याउनु रहेका थिए । 

तिब्बतमा पर्ने त्रिपिटक र थाइल्याण्डमा पर्ने स्वर्ण्र्ाालाबाहेक महत्वपर्ूण्ा बौद्ध विहारहरु पनि दक्षिण एसियाली क्षेत्रमै पर्दछन् । यस्ता महाविहारमा स्वयम्भू महाविहार नेपाल, विक्रमशिला महाविहार भारत, तक्षशिला महाविहार पाकिस्तान र ताम्रशिला महाविहार श्रीलङ्का रहेका छन् । जम्बु, प्लक्ष, शाल्मली, कुश, क्रौञ्च, शाक र पुष्करलगायतका सातवटा द्वीपमध्ये जम्बु द्वीपका नौ भागमध्येमा भारत वर्षपनि एक हो । कन्या कुमारीदेखि हिमालयसम्मको क्षेत्रलाई नै भारतवर्षभनिएको नेपाल पञ्चाङ्ग निर्ण्ाायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । 

भारत वर्षो अधिकांश क्षेत्र अहिलेको दक्षिण एसियाली क्षेत्रमा पर्दछ । दक्षिण एसियाली क्षेत्र बाहिर म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया र कम्बोडियाको केही भागसमेत भारत वर्षा पर्ने संस्कृतिविद् एवम् पशुपति विकास समितिका सदस्यसचिव डा गोविन्द टण्डन बताउनुहुन्छ । दक्षिण एसियाली क्षेत्रमै जन्मेर ज्ञान प्राप्त गरी प्रचार प्रसार गर्नुभएका बुद्धले दिएको ज्ञान आज विश्वभर बौद्ध धर्मका रुपमा फैलिएकाले बुद्धलाई एसियाका तारा पनि भनिन्छ । त्रेता युगमा अयोध्याका राजकुमार श्रीरामचन्द्र र जनकपुरका राजा जनककी छोरी राजकुमारी सीताका बीचमा भएको वैवाहिक कार्यक्रमले अहिलेसम्म पनि सांस्कृतिक परम्पराको रुप लिएको छ । यस्तै धार्मिक र सांस्कृतिक क्षेत्रहरु भएकैले विश्वका धार्मिक पर्यटनका माध्यमबाट आय आर्जन गर्ने पाँचवटा देशमध्ये नेपाल र भारत पनि पर्दछन् । 

धार्मिक र सांस्कृतिक पर्यटनका माध्यमबाट आय आर्जन गर्ने विश्वका तीनवटा अन्य देशहरुमा साउदी अरब, इजरायल र भ्याटिकन सिटी रहेका छन् । नेपालले धार्मिक र सांस्कृतिक पर्यटनलाई अझ पर््रवर्द्धन गर्न सके धेरै विदेशी पर्यटकलाई आकषिर्त गर्न सकिने सम्भावना छ । प्रधानमन्त्री सुशील कोइरालाले तेस्रो विमस्टेक बैठकका बेला म्यानमारमा उठाएको बौद्ध परिपथको मुद्दालाई र्सार्क सम्मेलनबाट पारित गर्राई कार्यान्वयनमा अघि बढे नेपालको मात्र नभई भारत र दक्षिण एसिया क्षेत्रकै धार्मिक पर्यटन पर््रवर्द्धनमा महत्वपर्ूण्ा योगदान पुग्ने बताउनुभएको थियो । 

र्सार्क र एसिया क्षेत्रीय बौद्ध परिपथलाई सहयोग पुर्‍याउन नेपालमा पनि आन्तरिक बौद्ध परिपथको स्थापना गरिनुपर्ने बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पर्ूण्ाकुमार लामा बताउनुहुन्छ । यसमा लुम्बिनी, तिलौराकोट, स्वयम्भुनाथ, बौद्धनाथ, मणिचूड र नमोबुद्धजस्ता बौद्ध तर्ीथस्थललाई समेट्न सकिने उहाँको तर्क छ । प्राचीनकालदेखि ध्यान, ज्ञान र साधनाका लागि हिमालय क्षेत्र विश्व जगत्मै महत्वपर्ूण्ा मानिँदै आएको छ । सत्य युगका राजा भरतदेखि आधुनिक साधुसन्त पनि नेपालको हिमालय क्षेत्रमा आएर साधना गरी विश्वव्यापीरुपमा ज्ञान फैल्याएका अनगिन्ती उदाहरणहरु रहेका छन् । 

विश्वमा कालीगण्डकी नदीमात्र यस्तो नदी हो, जहाँ शालीग्राम शिला पाइन्छ । यहीँबाट विश्वभर शालग्राम जाने गर्दछ । त्रेतायुगमा लङ्काका राजा रावणले सीता अपहरण गरेर लगेपछि लङ्कामा राखेको ठाउँ र सीता खोज्न जान रामले बाँधेको सेतुबन्धका भग्नावशेषहरु पत्ता लागेको घटनाले पनि यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई विश्वव्यापीरुपमा बढाएको छ । 

मुमताज शारजहाँले निर्माण गरेको ताजमहल ऐतिहासिकस्थलका रुपमा विश्व सम्पदा स्ाूचीमा सूचीकृत भएको छ । त्यसैगरी भारतमै रहेको बाबरी मस्जिद पनि ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलका रुप्ामा विश्वव्यापी चर्चामा रहेका स्थल हुन् । यस्ता धार्मिक एवम् सांस्कृतिक स्थललाई संरक्षण गरी विश्वव्यापी प्रचारप्रसार गर्न सके तेस्रो मुलुकहरुबाट आउने पर्यटकको सङ्ख्या बढ्ने र यहाँका अमूल्य सम्पदाहरुको बारेमा विश्वव्यापी प्रचारप्रसार एवम् अनुसन्धान हुनेछ । रासस:

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: सार्क देशका सांस्कृतिक बिबिधता I
सार्क देशका सांस्कृतिक बिबिधता I
Magone
http://gurublogtips.blogspot.com/2014/11/i_7.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2014/11/i_7.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy