मङ्सिर ६, सुँघेर ५५१ जना बिरामीमा क्यान्सर भएको पत्ता लगाउने एउटा कुकुर बेलायतमा मेडलबाट पुरस्कृत भएको छ । डेइजी नामको ल्याब्रोडर जातको उक्त...
मङ्सिर ६,
सुँघेर ५५१ जना बिरामीमा क्यान्सर भएको पत्ता लगाउने एउटा कुकुर बेलायतमा मेडलबाट पुरस्कृत भएको छ । डेइजी नामको ल्याब्रोडर जातको उक्त कुकुरले बिरामीको श्वासप्रश्वास र पिसाब सुँघेर ती बिरामीमा क्यान्सर लागेको पत्ता लगाएको थियो ।
कुकुरमा मानिसमा भन्दा ३ सय गुणा बढी सुँघ्ने क्षमता हुन्छ । जीवन बचाउन भूमिका निर्वाह गरेको भन्दै उक्त कुकुरालाई मेडलले सम्मानित गरिएको हो । कुकुरकी मालिक डा. क्लारा गेष्टले कुकुरलाई सानैदेखि पिसाब र श्वासप्रश्वासबाट क्यान्सर पत्ता लगाउने तालिम दिएकी थिइन् । उक्त कुकुरले डा. क्लाराकै स्तन ट्युमरसमेत पत्ता लगाएको थियो । कुकुरले पत्ता लगाएको क्यान्सरको सत्यता ९३ प्रतिशत भएको बताइएको छ ।
डेजीलाई एनिमल रेस्क्यु च्यारिटी ब्लुक्रसले पुरस्कृत गरेको हो । अफगानिस्तानमा बम पत्ता लगाउने जे जे नामको कुकरसंग डेजीको प्रतिस्पर्धा थियो । डेजीले अहिले अन्य १२ कुकुरलाई समेत क्यान्सर पत्ता लगाउने तालिम दिन सहयोग पु¥याइरहेको समाचारमा जनाइएको छ । एजेन्सी,

COMMENTS