बेनी -म्याग्दी, ८ मङ्सिर, एक वर्षघि सम्म सल्लाको दियालो र टुकी बालेर जीवन गुजारा गर्दै आएका जिल्लाका बरञ्जा, कुहू र देवीस्थानका र्सवसाधारण य...
बेनी -म्याग्दी, ८ मङ्सिर,
एक वर्षघि सम्म सल्लाको दियालो र टुकी बालेर जीवन गुजारा गर्दै आएका जिल्लाका बरञ्जा, कुहू र देवीस्थानका र्सवसाधारण यतिबेला सुखको जीवन गुजारिरहेका छन् ।
सल्लाको दियालो बालेर रात काट्दै आएका गाउँलेका लागि बिजुलीको उज्यालो बरदान साबित भएको बरञ्जा झाँक्रीपानीका मोतिबहादुर पुनले बताउनुभयो । त्ाातोपानी साना जलविद्युत् आयोजना बेनी वितरण केन्द्रले ती गाविसमा विद्युतीकरण गरेपछि स्थानीयवासी दियालो छाडी बिजुलीतर्फआकषिर्त बनेका हुन् ।
अहिले बरञ्जाको झाँक्रीपानीका १५०, देवीस्थानका ३०० र कुहूका २५० घरपरिवारले विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणलाइनबाटै विद्युत् उपयोग गरिरहेका छन् । विद्युत् उपयोग गर्न पाएपछि चुलाचौका गर्ने गृहिणीलाई पनि फाइदा पुगेको छ । अहिले यस क्षेत्रका वनजङ्गल पनि फँडानी हुने क्रम रोकिएको गाउँलेले बताएका छन् ।
दर्ुइ वर्षघि सम्म सल्लाको खोटो र दियालोसँग आश्रति समुदायले दियालो प्रयोग कम गर्न थालेपछि बिजुलीले वन फँडानीमा संरक्षण मिलेको बरञ्जाका स्थानीय केपी सापकोटाले बताउनुभयो । यसबाट सामुदायिक वन फँडानी गर्ने क्रम रोकिएको छ भने स्वास्थ्यमा पनि फाइदा पुगेको उहाँले बताउनुभयो । मासिक रु ८० तिरेर बिजुलीको उज्यालोमा बस्न पाएकामा र्सवसाधारण खुसी भएका छन् ।
दियालोको धिपधिपे उज्यालोमा पढ्ने बालबालिका गाउँमा बिजुली आएपछि राति अबेरसम्म गृहकार्य गर्ने गर्छन् । विकासको सुविधाबाट वञ्चित यहाँका समुदाय विद्युत् सुविधा भएपछि अन्य सुविधातर्फउन्मुख भएका हुन् । रासस
COMMENTS