गोरखाबजार, ७ मङ्सिर , जिल्ल्ाा प्रशासन कार्यालय वरपर राहदानी फारम भर्ने, फोटो खिच्ने र फोटोकपी गर्ने व्यवसायीले अनिवार्य मूल्यसूची टाँस्नुपर...
गोरखाबजार, ७ मङ्सिर ,
जिल्ल्ाा प्रशासन कार्यालय वरपर राहदानी फारम भर्ने, फोटो खिच्ने र फोटोकपी गर्ने व्यवसायीले अनिवार्य मूल्यसूची टाँस्नुपर्ने भएको छ । व्यवसायीहरुले मनलाग्दी मूल्य लिँदा सेवाग्राही ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबारदेखि अनिवार्य सूची टाँस गर्नुपर्ने नियम लागू गरेको हो ।
व्यवसायीलाई भेला गराएर मूल्यसूची सबैले देख्ने ठाउँमा टाँस्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले जानकारी दिनुभयो । ” रु एक सय ५० पर्ने फारमलाई व्यवसायीले रु ६०० सम्म लिएको भन्ने गुनासो बढ्यो”, स प्रजिअ पौडेलले भन्नुभयो, “फोटोकपी गरेकै एकप्रतिको रु १५ सम्म लिएको सेवाग्राही बताउँछन् ।” प्रशासन नजिकै सेवाग्राही दिनहुँ ठगिएपछि मूल्यसूची टाँस्न निर्देशन दिएको पौडेलले बताउनुभयो ।
प्रशासन कार्यालय वरपर करिब एक दर्जनभन्दा बढी फोटो पसल छन् । सेवाग्राहीको राहदानी फारम मनलाग्दी तवरले भर्दा कात्तिक महिनामा २३ वटा ब्रि्रेको फारम राहदानी विभागबाट फिर्ता आएको प्रशासन कार्यालयले जनाएको छ । साथै २६ जनाको फोटो ब्रि्रेकाले फिर्ता आएको सप्रजिअ पौडेलको भनाइ छ ।
“बिल बेगर कारोबार गर्न बन्द गर्नुहोस् भनेर निर्देशन दिएका छौँ” पौडेलले भन्नुभयो, “कार्यान्वयन नभएको पाइए कालोबजारी, ठगीअर्न्तर्गत व्यवसायीलाई मुद्दा चलाउँछाँै ।” व्यवसायीले दररेट निर्धारण गरेर मूल्यसूची टाँस्ने प्रतिबद्धता जनाएका छन् । रासस:
COMMENTS