इलाम, १० मङ्सिर, करेसाबारीमा जैविक तरकारीखेती गरेर उत्कृष्ट हुने महिला कृषकलाई पुरस्कृत गरिएको छ । हरितनगर महिला समूहले जैविक करेसाबारीमा नम...
इलाम, १० मङ्सिर,
करेसाबारीमा जैविक तरकारीखेती गरेर उत्कृष्ट हुने महिला कृषकलाई पुरस्कृत गरिएको छ । हरितनगर महिला समूहले जैविक करेसाबारीमा नमुना तरकारीखेती गर्ने महिला कृषकलाई पुरस्कृत गरेको हो ।
इलाम नगरपालिका -इनपा)-७ की मनमाया आचार्य पहिलो, सोही वडाकी टीकादेवी अधिकारी दोस्रो र इनपा-९ की जमुना श्रेष्ठ तेस्रो हुनुभएको थियो । यसैगरी इनपा-१ की सुधा चौहान र प्रमिला बानियाँले सान्त्वना पुरस्कार पाउनुभयो ।
उनीहरूलाई इलाम नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले जनही क्रमशः पाँच हजार, तीन हजार, दर्ुइ हजार र एक हजार नगद पुरस्कार प्रदान गर्नुभयो । वैशाखदेखि हरित नगर महिला समूहले करेसाबारीमा तरकारीखेती लगाउन महिलालाई प्रोत्साहन गर्दैआएको समूहकी अध्यक्ष मनु चापागाईंले जानकारी दिनुभयो ।
समूहले ७० जना महिला कृषकलाई जैविक तरकारीखेतीसम्बन्धी तालिमसमेत दिइसकेको जनाएको छ । जैविक करेसाबारीमा गरिएको तरकारीखेतीबाट स्वास्थ्य राम्रो बन्ने मनमाया आचार्यले बताउनुभयो । घरभित्रबाट निस्किएको फोहरलाई व्यवस्थापन गरी त्यहाँ कोपी, साग, मूला, गाँजरखेती गर्ने गरिएको छ । रासस:

COMMENTS