कृष्ण प्रकाश श्रेष्ठ : बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक रुस महासंघमा प्रचलित क्रिश्चियन अर्थाडक्स चर्च, इस्लाम, यहुदी तथा, बुद्धद्धर्म लगाय...
कृष्ण प्रकाश श्रेष्ठ : बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक रुस महासंघमा प्रचलित क्रिश्चियन अर्थाडक्स चर्च, इस्लाम, यहुदी तथा, बुद्धद्धर्म लगायत चार प्रमुख धर्महरुमध्ये देशको पूर्वेली भागमा अवस्थित बुर्यातिया, काल्मिकिया, तुभा क्षेत्रहरुमा बुद्धधर्माबलम्बीहरुको बसोवास छ । नेपाली पाठकहरूलाई रूस गणतन्त्रको पूर्वेली भागमा अवस्थित बु¥यातियामा बुद्धधर्मको इतिहास र वर्तमानबारे अवगत गराउनु यस लेखको उद्देश्य रहेको छ ।
पुरातात्विक उत्खननको आधारमा के प्रष्ट हुन गएको छ भने रुसको पूर्वी भागमा अवस्थित बुर्यातियामा बुद्धधर्म दोस्रो शताब्दीतिर नै प्रसिद्ध भइसकेको थियो । त्यतिखेर त्यहाँ बसोवास गरिरहेका मंगोलियन बान्कीका जातिहरुमा बौद्ध धर्मका रीतिरिवाजहरु प्रचलित थिए । तर सत्रौं शताब्दीदेखि मात्र यस क्षेत्रमा बुद्धधर्मले जरा गाढिसकेको थियो भन्ने ठोकुवा गर्न सकिन्छ । त्यसभन्दा पहिले इस इलाकामा विभिन्न सम्प्रदायको बौद्ध धर्मका साथै झाँक्री धर्मका साथै विभिन्न स्थानीय धर्महरु पनि प्रचलित रहेको अनुमान गर्न सकिन्छ ।
सत्रौं शताब्दीको आरम्भमा बैकाल क्षेत्रमा मंगोलियाली सम्प्रदायको बुद्धधर्मले प्रवेश गरेको थियो । सुरुमा केही र्नवंशात्मक समुदायमा मात्र प्रचलित रहेको बुद्धधर्म एक शताब्दीभित्र नै बैकाल क्षेत्रमा बसोवास गरिरहेका सबै नृवंशात्मक समुदायहरुद्वारा ग्रहण गरिएको थियो ।
यस क्षेत्रमा बुद्धधर्मको प्रचारप्रसारको अर्को स्रोत थियो तिब्बत (भोट) । त्यहींबाट बुर्यातियामा बुघधर्मका प्रमुख सम्प्रदायहरुले प्रवेश पाएका थिए । रुसमा सम्पन्न एको अक्टोबर क्रान्तिभन्दा पहिले यस क्षेत्रमा बुद्धधर्मले केही आन्तरिक मतभेद हुँदा हुँदै पनि क्रमिक विकास गरेको थियो भन्न सकिन्छ । क्रान्तिको क्रममा केही अवरोध उत्पन्न भए तापनि यहाँ बुद्धधर्मको विकास ठप्पै रोकिएको थिएन ।
सन् १७२२ मा रुस रेलियाबीच सीमारेखा निर्धारित गरिंदा बुर्यातियाका नृवंशात्मक समूहहरु रुसअन्तर्गत पर्न गए । सन् १७४१ मा एउटा महत्वपूर्ण घटना घट्यो l तत्कालीन रुसी सम्राज्ञी एकातेरिनादरा यस क्षेत्रका ११ वटा दाच्चान (बौद्धविहार) लाई आधिकारिक मान्यता प्रदान गर्ने सनदमा हस्ताक्षर गरियो । त्यतिखेर ती विहारहरुमा १५० जना लामाहरु स्थायी रुपले रहेका थिए ।
यस प्रकार यसै सनदद्वारा बुद्धधर्मले रुसको एउटा आधिकारिक धर्मको मान्यता प्राप्त गरेको थियो ।
बुर्यातियामा बौद्ध धर्मले विकासक्रममा जटिल समयावधि पार गर्नुपरेको थियो । अठारौ शताब्दीमा चोन्गोल र गुसिनोओजेस्र्क नामक दाच्चानहरुका प्रमुखहरुबीच धार्मिक नेतृत्वको प्रश्नमा निकै लामो समयसम्म संघर्ष जारी रहेको थियो ।
बुर्यातियामा बौद्ध धर्मले विकासक्रममा जटिल समयावधि पार गर्नुपरेको थियो । अठारौ शताब्दीमा चोन्गोल र गुसिनोओजेस्र्क नामक दाच्चानहरुका प्रमुखहरुबीच धार्मिक नेतृत्वको प्रश्नमा निकै लामो समयसम्म संघर्ष जारी रहेको थियो ।
उन्नाईसौं शताब्दीमा बुर्यातियाका बौद्धमार्गीहरुले तिब्बत, मंगोलिया र चीनबाट बौद्ध साहित्य र कर्मकाण्ड अपनाउने प्रक्रियालाई जोतोडका साथ अगाडि बढाएका थिए । खास गरी तिब्बतको गेलुक सम्प्रदायका साथै विभिन्न प्रमुख बौद्ध सम्प्रदायका परम्पराहरु ग्रहण गरिए । उन्नाईसौं शताब्दीको उत्तरार्धमा बुर्यातियाका बौद्धभिक्षुहरुले रोग निदान र उपचारका तिब्बती पद्धतिको अध्ययन गर्न थालेका थिए । बुर्यातियामा तिब्बती पद्धतिको उच्च बौद्धिक शिक्षाप्रणालीको निम्ति सन् १८७८ मा आगिन्स्क दाच्चानमा कालचक्र (तिब्बती भाषामा दुइनहोर) गुरुकुलको स्थापना गरियो । उन्नाइसौ शताब्दीको अन्त्यतिर यहाँ तिब्बती र मंगोलियाली भाषाहरुमा बुद्धधर्मसम्बन्धी पुस्तकहरुको व्यापक प्रकाशन हुन थालेको थियो ।
उन्नाईसौं शताब्दीमा बैकाल क्षेत्रको उत्तरमा बुद्धधर्मको प्रचारप्रसारमा स्थानीय झाँक्रीहरुका साथै ईसाई धर्मका गुरुहरुको tarf तर्पmबाट प्रतिरोध खडा गरिएको थियो । जे जसो भए तापनि अक्टोबर क्रान्तिभन्दा पहिले बुर्यातियामा भौगोलिक तथा नृवंशात्मक प्रणालीअनुसार स्थापना गरिएका ४६ वटा दाच्चान (विहार) कार्यरत थिए ।
उन्नाईसौं शताब्दीमा बैकाल क्षेत्रको उत्तरमा बुद्धधर्मको प्रचारप्रसारमा स्थानीय झाँक्रीहरुका साथै ईसाई धर्मका गुरुहरुको tarf तर्पmबाट प्रतिरोध खडा गरिएको थियो । जे जसो भए तापनि अक्टोबर क्रान्तिभन्दा पहिले बुर्यातियामा भौगोलिक तथा नृवंशात्मक प्रणालीअनुसार स्थापना गरिएका ४६ वटा दाच्चान (विहार) कार्यरत थिए ।
सन् १९१८ मा रुसमा अस्तित्वमा आएको नयाँ कम्युनिष्ट सत्ताले धर्मलाई राज्यबाट अलग्याउने कानून जारी गरेको थियो, यद्धपि बुर्यातियामा यो कानून सन् १९२५ मा मात्र लागू भएको थियो । जे होस्, सन् १९२० को दशकमा बैकाल क्षेत्र –खास गरी आगा भनिने स्थान) बाट बौद्ध धर्माबलम्बी बुर्यातहरु आंशिक रुपमा भित्री मंगोलियाको शेनेहेन भन्ने ठाउँमा बसाइँ सरेको थियो ।
नयाँ कानूनको परिणामस्वरुप बीसौ शताब्दीको प्रथम चरणमा बुर्यातियामा कार्यरत दाच्चानहरुको नामोनिसाना बाँकी रहेन । बौद्धविहारका १८६४ लामाहरुमध्ये कोही निर्वासित गरिए, कोही जेलमा परे, कोही गोलीको सिकार बने । सोभियत संघको जनकमिसार परिषद्को निर्णयअनुसार सन् १९४५ मा इभोल्गामा हाम्बिन सुमे नामक बौद्धमन्दिर खोलियो भने सन् १९४६ मा बुर्यातियामा इभोल्गिन दाच्चान र आगिन्स्क दाच्चान पनि क्रियाशील भए ।
सन् १९९१ मा इभोल्गिन दाच्चानअन्तर्गत बौद्ध लामाहरुको शिक्षादीक्षा, धार्मिक ग्रन्थहरुको अनुवाद र धार्मिक चित्रहरुको लेखनका लागि दाशी चोइनहोर्लिन भनिने धार्मिक उच्च शिक्षण संस्थानको स्थापना गरियो । त्यसमा गोमान दाच्चानको परम्पराअनुसार बौद्ध शिक्षा दिइन्छ । सन् १९९१ मा बुर्यातियामा १२ वटा दाच्चान (बौद्धविहार) क्रियाशील भए । बुर्यातियामा महायान शाखाको तिब्बती बुद्धधर्म (गेलुग सम्प्रदाय) को परम्परा कायम छ तापनि यहाँ केही आप्mनै विशिष्टता पनि अस्तित्वमा छ ।
सन् १९९१ मा इभोल्गिन दाच्चानअन्तर्गत बौद्ध लामाहरुको शिक्षादीक्षा, धार्मिक ग्रन्थहरुको अनुवाद र धार्मिक चित्रहरुको लेखनका लागि दाशी चोइनहोर्लिन भनिने धार्मिक उच्च शिक्षण संस्थानको स्थापना गरियो । त्यसमा गोमान दाच्चानको परम्पराअनुसार बौद्ध शिक्षा दिइन्छ । सन् १९९१ मा बुर्यातियामा १२ वटा दाच्चान (बौद्धविहार) क्रियाशील भए । बुर्यातियामा महायान शाखाको तिब्बती बुद्धधर्म (गेलुग सम्प्रदाय) को परम्परा कायम छ तापनि यहाँ केही आप्mनै विशिष्टता पनि अस्तित्वमा छ ।
स्मरणीय के पनि छ भने बुर्यात बौद्धमार्गीहरु बौद्ध गुरु चोनकापा (बुर्यातियाली भाषामा जोनहोबो) लाई बुद्धधर्मका प्रवर्तक बुद्ध शाक्यमुनिकै सरह मान्दछन् । बुर्यातियामा बुद्धधर्मको पूजापाठ र कर्मकाण्डमा प्राचीन कालदेखि प्रचलित स्थानीय विशेषताहरुको प्रभाव परेको पाइन्छ । यस परिप्रेक्ष्यमा पहाडको आत्मा, भूमिदेवता र जलदेवताको पूजाआराधनाको नाम लिन सकिन्छ (बुद्धधर्म (सचित्र विश्वकोष), मास्को, एक्स्मो, ई.सं. २०१२, पृ ५४८–५५०) ।
हालै काल्मिकियाका प्रमुख लामा तेलो तुल्कु रिङपोचेले जनाएअनुसार ‘बुद्धधर्म रूसको एक परम्परागत धर्म हो र बौद्धमार्गीहरूले देशको इतिहास तथा संस्कृतिमा ठूलो योगदान पु¥याएका छन्’ (मास्कोभ्स्की कोम्सोमोलेत्स, १५े११.२०१४, पृ. २) ।
के पनि स्मरणीय छ भने रूस साम्राज्यको राजधानी सेन्ट–पिटर्सबुर्गमा उन्नाईसौ शताब्दीमै बौद्धविहारको निर्माण गरिएको भए तापनि रूसको राजधानी मास्कोमा अद्यापि कुनै बौद्धविहार र मन्दिर बनेको छैन, यद्यपि सन् १९९५ को ९ मेईमा पोक्लोन्नाया गोरा (शब्दशः ‘नतमस्तक गिरि’) मा दोस्रो विश्वयुद्धमा विजयको स्वर्ण वयन्ती मनाउने क्रममा विजय पार्कको उदघाटन गरिंदा त्यहाँ देशका चार प्रमुख धर्महरूप्रति समर्पित मन्दिरहरू निर्माण गर्ने घोषणाअनुसार अर्थाडक्स चर्च, यहूदी सेनागोग, इस्लामिक मस्जिद अस्तित्वमा आइसकेको भए तापनि बौद्ध स्तुप बनेको थिएन ।
हालै त्यहाँ बौद्धमन्दिर निर्माण गर्ने निर्णय लिइएको छ र मास्को तथा काल्मिकियाका वास्तुकलाखिद्हरू त्यसको निर्माणमा जुटिसकेका छन् । मङ्गोलियाले त्यस बौद्धमन्दिरका लागि बु४को मूर्ति प्रदान गर्ने सदीच्छा जनाएको छ । आगामी मेई महिनामा ७०–यौं विजय–दिवस भव्यतापूर्वक मनाउने क्रममा त्यस बौद्धमन्दिरको पनि उद्घाटन हुनेछ ।


COMMENTS