जनकपुरधाम, ३ मङ्सिर, अघिल्लो वर्षो तुलनामा धनुषा जिल्लामा यस वर्षअत्यधिक धान उत्पादन हुने भएको छ । चालु आर्थिक वर्षा किसानले धनुषा जिल्लामा ...
जनकपुरधाम, ३ मङ्सिर,
अघिल्लो वर्षो तुलनामा धनुषा जिल्लामा यस वर्षअत्यधिक धान उत्पादन हुने भएको छ । चालु आर्थिक वर्षा किसानले धनुषा जिल्लामा रु दर्ुइ अर्ब १८ करोड ३४ लाख मूल्यबराबरको ६२ हजार ६७० मेटि्रकटन धान उत्पादन हुने अनुमान जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
किसानले चालु आर्थिक वर्ष२०७१/७२ मा ६२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकामा करिब रु चार अर्ब ६५ करोड मूल्यबराबरको एक लाख ८६ हजार मेटि्रकटन धान उत्पादन हुने अनुमान गरिएको छ । आर्थिक वर्ष२०७०/७१ मा धनुषामा ४४ हजार २०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकामा रु दर्ुइ अर्ब ४६ करोड ६६ लाख मूल्यबराबरको एक लाख २३ हजार ३३० मेटि्रकटन धान उत्पादन भएको थियो ।
अघिल्लो वर्षअकाल परेकाले लक्ष्यअनुरुपको धान उत्पादन हुन नसकेको भए पनि चालु आर्थिक वर्षा किसानले समयमा मलखाद पाएको, समयमा पानी परेको, रोगकिराको प्रकोप नदेखिएको तथा क्षेत्रफल पनि बढी भएकाले चालु आवमा धान उत्पादन बढी भएको योजना अधिकृत सुरेन्द्र गोइतले बताउनुभयो ।
धुनषा जिल्लामा किसानले बास्मती, स्वर्ण्र्ाा११, रामधान, मन्सुली, सुख्खा १, २, ३, राधा-१२, सोनामन्सुली, मधेदूत, सावित्रीजस्ता उन्नत जातको धान लगाउने गरेको छ अनुकूल मौसमको कारण धनुषा जिल्लामा यस वर्षप्रतिहेक्टर तीन मेटि्रकटनले धान उत्पादन भएको हो । रासस:
COMMENTS