मङ्सिर १०, पाकिस्तानी अभिनेत्री वीना मलिकलाई ‘धर्मको अपमान’ गरेको अभियोगमा त्यहाँको एक अदालतले २६ वर्षको जेल सजाय सुनाएको छ । पाकिस्तानको ‘...
मङ्सिर १०,
पाकिस्तानी अभिनेत्री वीना मलिकलाई ‘धर्मको अपमान’ गरेको अभियोगमा त्यहाँको एक अदालतले २६ वर्षको जेल सजाय सुनाएको छ । पाकिस्तानको ‘गिलगित–बल्टिस्तान’को आतंकवाद नियन्त्रण अदालतले वीनासँगै ‘जियो टिभी’ का मालिक मीर शकीलु रहमानलाई पनि २६ वर्षको जेल सजाए सुनाएको बीबीसीले जनाएको छ ।
रहमानमाथि १३ लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकिएको छ । समाचारका अनुसार जियो टिभीबाट प्रशारण भएको एक कार्यक्रममा एक धार्मिक गीतमा वीना मलिक आफ्ना पतिका साथमा नृत्य गरिरहेको देखिएकी थिइन् । वीनालाई सजाय तोक्दै अदालतते आफ्नो आदेशमा भनेको छ- ‘आरोपीहरुको क्रियाकलापले मुसलमानहरुको धार्मिक भावनामा आँच पुगेको छ ।
यसलाई गम्भीर रुपमा लिन जरुरी छ र यस्ता गतिविधिलाई रोक्न कडा सजाय आवश्यक छ ।’ तर, वीना र जियो टिभीका मालिकलाई प्रहरीले पक्राउ गर्ने सम्भावना भने ज्यादै कम रहेको जनाइएको छ । ‘गिलगित–बल्टिस्तान’ ले पाकिस्तानको पूर्ण प्रान्तको मान्यता प्राप्त गरेको छैन । त्यहाँको अदालतको आदेश पूरा पाकिस्तानमा लागू हुँदैन । बीबीसी:

COMMENTS