चितवन ३० कार्तिक होमनाथ सापकोटा : सशस्त्र प्रहरी वल गणीमाई गण भण्डाराले आज १४ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा गणले विभिन्...
चितवन ३० कार्तिक
होमनाथ सापकोटा : सशस्त्र प्रहरी वल गणीमाई गण भण्डाराले आज १४ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा गणले विभिन्न प्रतियोगिता र कार्यक्रम गरेको थियो ।
गणका गणपति राजु अधिकारीको प्रमुख आतिथ्यतामा आज दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिता तथा पुरस्कार वितरण गरिएको छ । दिवसको अवसरमा गणले फुटवल प्रतियोगिता,भलिवल प्रतियोगिता,व्याडमिन्टन प्रतियोगिता,खुल्ला घैटो फुटाई प्रतियोगिता,म्युजिकल चियर प्रतियोगिता,दौड र रस्सी तान्ने प्रतियोगिता गरेको थियो ।
खुल्ला घैटो फुटाई प्रतियोगितामा पत्रकार धु्रवराज खनालले घैटो फुटाउन सफल हुनुभयो । विजेता खनालसहित अन्य खेलाडीहरुलाई विषेश समारोहकाबीच आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको छ । समारोहमा गणका गणपति राजु अधिकारीले शशस्त्र प्रहरी वल जनताको सुरक्षाका लागी सदैव तयार रहेको भन्दै जनताको साथ र सहयोग चाहिने वताउनुभयो ।
COMMENTS