ब्रिस्बेन कारिक २९, अफ्रिकाको पश्चिमी भागमा इबोला फैलिएको क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायले सुस्त प्रक्रिया देखाउने कार्य निरन्तर राखे विश्...
ब्रिस्बेन कारिक २९,
अफ्रिकाको पश्चिमी भागमा इबोला फैलिएको क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायले सुस्त प्रक्रिया देखाउने कार्य निरन्तर राखे विश्वव्यापी महामारीमा लाखौँ व्यक्तिको मृत्यु हुने चेतावनी विश्व बैङ्कका अध्यक्ष जिम योङ किमले शुक्रबार दिएका छन् ।
इबोला वा स्वासप्रस्वास सम्बन्धी रोगको फैलावटको चुनौतीलाई तत्कालै समाधान गर्न उद्धार कार्यका लागि उनले अरबौँ डलरको भैपरी कोष स्थापना गर्न आग्रह गरे । कोरियन नागरिक किमले ब्रिस्बेनमा जी२० को शिखर बैठकमा यस प्रकारको महामारीको फैलावट मानवीय विपत्ति मात्र नभई यसले विश्वको अर्थतन्त्रलाई पनि अस्थिर बनाउने बताए ।
उनले विश्वका सबैभन्दा ठूला अर्थतन्त्रका नेताहरूमाझ आफ्नो प्रस्ताव राखेका छन् । उनले यस प्रकारको रोग नियन्त्रणका लागि विश्व्यव्यापी स्वास्थ्य समूह आवश्यक भएको, यस्ता समूहलाई सूचना दिइएको समयमा त्यसका विश्वभरका विशेषज्ञहरू प्रतिक्रिया दिन तयार हुने अवस्था सिर्जना हुने र आवश्यक परेको समयमा लाखौँ र अरबौँ अमेरिकी डलर खर्च गर्न सकिने अवस्था बन्ने बताए ।
इबोलाप्रतिको प्रतिक्रिया ढिलो भएको सबैलाई थाहा भएको बताउँदै उनले यस प्रकारको स्वासप्रस्वास सम्बन्धी छिटो फैलन महामारी फैलिएको भए त्यसले लाखौँ व्यक्तिको ज्यान लिने सम्भावना भएको बताए । उनले प्रस्तावित कोष विश्वका लागि बिमा नीति जस्तै हुने पनि उल्लेख गरे । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपत्काल आरम्भ भएको भनी घोषणा गरेपछि र अन्तर्राष्ट्रिय स्वास्थ्य सम्बन्धी कानुन लागु गरेपछि मात्र यसप्रकारको कोष उपयोग गरिने उनको भनाई छ ।
दाताले यसका लागि सोझै रकम उपलब्ध गराउन आवश्यक नपर्ने र उनीहरूले धितोबजारबाट रकम उठाउने व्यवस्था गर्नसक्ने उनले बताए । इबोलाको विस्तार निरन्तर रहे सन् २०१५ सम्म यसका लागि ३२.४ अर्ब अमेरिकी डलर खर्च आवश्यक पर्ने अनुमान विश्व बैङ्कले गरेको छ । यस रोगका कारण लाइबेरियामा दुई हजार ८०० व्यक्तिको मृत्यु भएको छ र अफ्रिकाको पश्चिमी भागमा हाल यस रोगको सङ्त्रक्रमण घटेको देखएको छ । किमले यो रोग अफ्रिकाको पश्चिमी भागमा मात्र सीमित नहुने बताए । रासस/एएफपी :

COMMENTS