आमालाई दुई शब्द श्रद्धाञ्जलि I

‘सोल्टी घरमा तुरुन्त फोन गर्नु रे ।’ पोखराको साथी दिपक गुरुङ्गले बिहानै मलाई भने । म बिउ“झिएर ओछ्यानमै पल्टि रहेको थिए“ । मेरो घरको समाचार...

‘सोल्टी घरमा तुरुन्त फोन गर्नु रे ।’ पोखराको साथी दिपक गुरुङ्गले बिहानै मलाई भने । म बिउ“झिएर ओछ्यानमै पल्टि रहेको थिए“ । मेरो घरको समाचार कस्ले सुनायो उनलाई ? यसको बारेमा निकै लामो लेख हुनेछ, त्यो कुनै दिन लेख्ने नै छु । अहिले चा“हि यो लेखमा नै केन्द्रित हुन चाहे“ । 

दिपककोे कुरा सुने पछि मेरो शरीर चिसो भयो । हतारिदै बाबालाई फोन गरें,बाबाले भन्नु भयो – ‘तिमीहरुको आमाले संसार छाड्यो ।’ हामीले आमा गुमाएका थियौं र बाबाले आफ्नो जीवनसाथी । पीडा उस्तै थियो । फेरि मलाई संम्झाउदै भन्नु भयो – ‘ भन्छन् हुने हार दैब नटार ।’ गर्ने जति गरेकै हो । तर पार लागेन, ‘यति नै लेखेको रहेछ भनेर चित्ता बुझाउनु पर्छ..... ।’ आलो घाउमा नून खुर्सानी लगाइ दिए जस्तै भयो । आमा परालोक हु“दा घर जान नसकेकोमा अभागी सम्झेर आफै“लाई धिकारे...। अनि म मात्र एक्लो नेपाली होइन होला भनेर चित्ता बुझाए“ । 

आमा ७÷८ महीना देखि फोक्सोको क्यान्सरले थलिनु भएको थियो । बिरामी भएकँे धेरै पछि मात्र रोग पत्ता लागेर धरान घोपा क्यापले भरतपुर क्यान्सर हस्पिटल रेफर गरी दिएको थियो । क्यान्सर लागेका मान्छेहरु उपचार पछि धेरै बा“चेका पनि छन् । समयमा नै रोग पत्ता लागेको भए अझै ८÷१० साल बा“च्नु हुन्थ्यो जस्तो लाग्छ । फेरि क्यान्सर एक डरलाग्दो र निकै खर्चालु रोग रहेछ । हामी जस्तो सामान्य परिवारलाई यसको उपचार गर्न पनि निक्कै गाह्रो पर्ने रहेछ । धेरै खर्च हुने भएकोले नै होला आफन्तहरुले उपचार नगर्न सल्लाहा पनि दिएका थिए । यसलाई हामीले नराम्रो सोचेनांै । तर पैसालाई जीवन स“ग दा“ज्न मिल्दैन । फेरि सवाल आÏनै जन्म दिने आमाको थियो । जस्ले महीनौं सम्म आÏनो पेटमा बोक्दै आÏनै शरीर फुटाएर यो धर्तीमा पाइला टेकाउनु भयो । 

आफू भोकै बसेर हामीलाई खुवाउनु भयो, बडाउनु भयो,पढाउनु भयो । उहा“ ओछ्यानमा उपचार नपाएर छट्पटी रहेको हामी कसरी हेर्न सक्थ्यौ र ? हाम्रो पनि मुटु ढुङ्गाले बनेको होइन नी । त्यसैले सपरिवार सल्लाहा गरी खर्च जुटाउदै निरन्तर उपचार गर्न थाल्यौं । उपचार कै क्रममा फ्रेबुअरी २ तारीकको दिन ७ सन्तानकी ममतामयी आमाले हामीलाई छाडेर यस धर्ती बाट सदासदाको लागि विदा लिनु भएको थियो । म पहिलो छुट्टिमा घर गएको बेला आमा निकै कमजोरी हुनुहुन्थ्यो । केहि महीना पहिला मात्र उहा“को पाठेघरको अपेरेशन गर्नु परेको थियो । औंषधिले गलाएको होला भनेर सोचे । म यतातिर फर्कदा काठमाडौं सम्म आमाबाबा दिदीहरु सबै आउनु भएको थियो । काठमाडौंको प्रायः सबै मठमन्दिर घुमेका थियौं । मनकामनाको दर्शन गर्न पनि गएको थियौं । मेरो छुट्टिको समय सकिए पछि उहा“हरुलाई काठमाडौंमा नै छाडेर म कर्मभूमी आएको थिए“ । 

छुट्नु अघि बिदा माग्दै खुट्टामा निहुरदा भन्नु भएको थियो–‘हिउ“दामा जसरी पनि आउनु है विहे गर्नु पर्छ,’ जवाफमा मैले हुन्छ भनेको थिए“ । यतातिर आएको केहि समय पछि आमालाई बिरामले समातेको थियो । परदेशमा रहदा गाउ“घरको यादले मात्र पनि एक परदेशीको मन बेचैन हुन्छ । आफ्नो परिवारमा कोहि बिरामी भएमा त झनै.... । युद्ध भूमि बाट कुनै पनि समय जस्तो पनि खबर आउन सक्छ । आमाको लागि उपचार एक युद्ध नै त थियो । त्यसैले अशुभ समचार आउला कि भनेर डराई रहन्थे । आमा बिरामी भए देखि राम्रो संग निदाउनु सकिन । मेरो मोबाइलको घन्टी बजे पछि घर बाट फोन आएको होला जस्तो लाग्थ्यो । फोन उठाउन अघि नै मनले संसार सोची सकेको हुन्थ्यो । मुटुको धड्कन नै बन्द हुन्थ्यो । यसरी पलपल मरेर बा“चि रहेको हुन्थे । 

आमाको बसाइ“ काठमाडौंमा र उपचार (केमोथेरापीका)े लागि १५ दिनमा भरतपुर जानु पथ्र्यो । बारम्बार हुने नेपाल बन्दले अर्को सास्ती बेहोर्नु पथ्र्यो । त्यति बेला आमालाई स्याहार्ने जिम्मा बहिनी सुमिको थियो । अन्तिम दिनहरुमा यसरी आमाको सेवा गर्ने अवसर भाग्यशालीहरुले मात्र पाउछन् । सुमीले यो अवसरमा पुण्यकर्म गरिन् र दूधको भाडा अलिकति भए पनि तिरेकी छिन् । बहिनीलाई फोन गरी रहन्थे, पैसाको बन्दोबस्था र उपचार के कसरी भै रहेको छ भनेर बुझ्थे । आमा स“ग कुरा गर्दा कहिल्यै बिरामी छु र मलाई गारो भएको छ भन्नु भएन । जहिले पनि मलाई ठिकै छ बरु तिमीहरुलाई कस्तो छ भनेर सोध्नु हुन्थ्यो–‘परदेशा आÏनो ख्याल गर्नु मलाई हेर्ने त डा.हरु छन् । बहिनी २४ सै घन्टा मेरो साथमा हुन्छ । मेरो बारेमा कुनै चिन्ता नगर्नु ।’ क्यान्सरको असह्य दर्दहरुलाई लुकाएर हाम्रो चिन्ता लिने उहा“को मुटु र आत्मा सा“च्चि नै भगवानको जतिकै लाग्छ । 

म यति बेला संसारका सबै आमाहरुलाई शिर झुकाएर नतमस्तक सलाम गर्न चाहन्छु । मिलन –बिछोड, जीवन –मृत्यु अकाट्य सत्य हो,भन्ने कुरा मैले पनि राम्रै स“ग बुझेको छु । यहा“ जीवन मात्र होइन,संसार नै अस्थायी छ । तर पनि हामी बिछोडमा बिलौना गर्छौं, आयु सकिए पछि पैसा, धामी, डा. अनि आंैषधिहरु केहि होइन रहेछ । हुन त सबैले जाने बाटो एउटै हो,कोहि अघि कोहि पछि मात्र हो । उपचारै गर्न सकिएन र पाइएन भन्ने कुनै गुनासाहरु चाहि“ रहेनन् । तर मेरो एउटा घुड्को जीवन भरि रहिरहने छ । धेरै पहिले देखि मेरो विवाहको कुरा गर्नु हुन्थ्यो । ‘आजको जमनामा बुहारी घरमा आए पछि म सुख पाउछु भन्ने त आशा छैन । तर माइली बुहारीले पकाएको एक छाक खाने मन छ ।’ सधै“सधैं यस्तै कुरा गर्नु हुन्थ्यो......। एक दिन कल कन्फ्रेन्समा आमा,म र मेरो पे्रयसी तिन जना कुरा ग¥यौं । आमालाई माइली बुहारी भनेर चिनाए“ । 

अरु बेला एक छिन कुरा गरे पछि ‘मेरो स्वास बड्यो बहिनी स“ग कुरा गर है ।’ भन्ने आमा बुहारी स“ग खोक्दै भए पनि धेरै बेर कुरा गर्नु भयो । पछि पे्रयसीले सोधिन् आमाको स्वार सुन्दा त बिरामी जस्तो लागेन । प्रष्ट र उच्च स्वारमा कुरा गर्नु भयो । ‘बुहारी स“ग बोल्न पाएको खुसीले यसरी कुरा गर्नु भएको’ मैले भनेको थिए“ । आमालाई निकै गारो हुन थाले पछि भाइ खगेन्द्र इर्मजेन्सी छुट्टि अघिल्लो दिन मात्र गएको थियो । सुति रहेको ठाउ“मा ढोग गर्दा आइ पुगीस् भन्दै सुतिसुति सुमसुम्याउनु भयो रे । कहिल्यै नरुने हाम्री आमा भाईलाई हेर्दै रुन थाल्नु भएछ । त्यस दिन बेस्सरी रुनु भएछ । कहिल्यै नडराने हाम्री आमा धेरै डराउनु भएको थियो रे । १२ बजे राती मलाई नछोड है भन्नु भए पछि अर्को शब्द कसैले सुन्न पाएनन् । बिहान २ बज्दा आमाले यो धर्तीमा अन्तिम स्वास फेर्नु भएछ । आमाको आत्माले भाइलाई मात्र पर्खि रहेछ थिएछ । 

 त्यही“ अशुभ समाचार सुन्दा मूच्र्छित भएको थिए“ । आमा मैले बोलेको हरेक शब्दहरु हजुरले सुनि रहेको हुनु पर्छ । मैले हजुरलाई बुहारी भनेर चिनाएको प्रेयसी स“गै विवाह गरें । त्यति पनि याद गर्नु भएन ? कति मज्जाले ‘ममी’ भनी बोलायो, तैले रोजेको बुहारी त बोलैया रहेछ भन्नु भएको थियो नी उनी नै हुन् । तपाइ“को र उनको नाम पनि एउटै रहेछ । गएको छुट्टिमा पनि काठमाडौको र मनकामना सबै तिर गए“ । तर सबै ठा“उ शून्य लाग्यो । जब घरमा गए“ झनै बिरक्त लाग्यो । कतै जा“दा होस् या घर आउदा बोलाउने ‘आमा’ नै नभए पछि घर पनि मसानघाट जस्तै लाग्यो । कोठाहरु बिशाल ओडार जस्तै लाग्यो । जीवनलाई डो¥याउने हातहरु नै नभए पछि छानो बिनाको घर जस्तै हुदो रहेछ जीन्दगी । एल्बमहरुमा रहेका तस्बिरहरु पल्टाउदै गए“ तपाई“को तस्बिरहरु जस्ताको तस्तै रहेछन् । 

ति तस्बिरहरु बोल्छन् कि भनेर निकै बेर आशा पनि गरें । हेर्दै गए“ आ“खाहरु रसाउन थाले । घुरेन,आगनहरु पनि न्यास्रो मानि रहेका थिए । चुलाहरु बिलौना गरी रोइरहेको थिए । परदेशीको लागी आÏनो घर स्वार्ग नै हुन्छ । तर आनै घर मलाई नर्क जस्तै लाग्यो । त्यसैले घरमा एक रात मात्र बसें,त्यो पनि जागै बसें । यता आए पछि मन शान्ता होला भन्ने लागेको थियो । तर झनै ति यादहरुले सताउन थाल्यो । आमा बिनाको संसार सा“च्चि नै रित्तो हुदो रहेछ । आज टुहुरो हुनुको पीडा मैले पाइला पाइलाहरुमा भोग्दैछु र महसुस गर्दैछु । अनि बाबाको अनुहार हेरेर चित्ता बुझाउदै अलिकति बा“च्ने साहास बटुल्छु.......। 

म हजुरकै सन्तान हु“, मलाई थाहा छ, जन्म दिने आमा भनेको दुनिया“को सबै भन्दा ठूलो भगवान हो । आÏनो सन्तानहरुको अक्षम्य गल्तीहरुलाई पनि क्षामा दिन सक्ने बिशाल आत्मा हुन्छ एउटी आमाको । हजुरले त आमा हुनुको धर्म र कर्म निभाउनु भयो,तर मैले छोरा हुनुको कतब्र्य पुरा गर्न सकिन । सा“च्चि नै दःुख लागेको छ । त्यही“ दःुखले आफूलाई नमीठो यातना दिइरहेको छ । फेरि फेरि पनि यो धर्तीमा जन्म लिए भने हरेक जन्म हजुरकै कोखमा लिन पाउ“ भन्दै शिर झूकाउदै क्षमा चाहन्छु । अन्त्यमा यहा“का आत्माकोे चिर शान्तिको कामना गर्दै दुई शब्द हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु । 

चकेन्द्र ‘कैदी’ राई

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: आमालाई दुई शब्द श्रद्धाञ्जलि I
आमालाई दुई शब्द श्रद्धाञ्जलि I
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjEzTVnfPeX-xKfPT9DvmynkPPfTeCMAIg8mOu645iCsBv-usH9prVMVh1vvBM17nx_SZk6PtTEzEkJDdr2oGZIhDIQyPbOUMCcBgBGFEVhwvfEqLw7TCaLp_jgsKCuXUfXKLDoQThyphenhyphen8lUa/s1600/unnamed.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjEzTVnfPeX-xKfPT9DvmynkPPfTeCMAIg8mOu645iCsBv-usH9prVMVh1vvBM17nx_SZk6PtTEzEkJDdr2oGZIhDIQyPbOUMCcBgBGFEVhwvfEqLw7TCaLp_jgsKCuXUfXKLDoQThyphenhyphen8lUa/s72-c/unnamed.jpg
Magone
http://gurublogtips.blogspot.com/2014/11/i_98.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2014/11/i_98.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy