फ्लोरिडा मंसिर २, मानिसको इच्छा पनि अचम्म अचम्मका हुन्छन् । अमेरिकास्थित फ्लोरिडाकी एक टिभी रियालिटी स्टारले आफुले २० हजार डलर खर्चेर तेस्र...
फ्लोरिडा मंसिर २,
मानिसको इच्छा पनि अचम्म अचम्मका हुन्छन् । अमेरिकास्थित फ्लोरिडाकी एक टिभी रियालिटी स्टारले आफुले २० हजार डलर खर्चेर तेस्रो स्तन राखेको दाबी गरेकी छिन् ।
२१ वर्षे यी युवतीको नाम जस्मिन तिरदेभील भनिएको छ । तेस्रो स्तन राख्नका लागि विभिन्न ठाउँ धाउँदा धाउँदा आफु थकितसमेत भएको उनले बताएकी छिन् ।
५० जना डाक्टरले त उनको सपना पुरा गर्न नसक्ने भन्दै उनको अनुरोधलाई अस्वीकार गरिदिएका थिए । आफु तीन स्तने बन्न दुई वर्ष लागेको उनले सुनाइन् । प्लस्टिक सर्जरी पछि उनको तेस्रो स्तन राख्ने सपना पुरा भएका बताइन्छ । एजेन्सी :

COMMENTS