चितवन , मंसीर ६ , शिशिर सिंखडा : पुर्वि चितवनको रत्ननगर १० मा रहेको गामवेशीको चेपाब संरक्षण केन्द्र मा आश्रीत वालवालीकालाई खाद्यान्न स्टेशन...
चितवन , मंसीर ६ ,
शिशिर सिंखडा : पुर्वि चितवनको रत्ननगर १० मा रहेको गामवेशीको चेपाब संरक्षण केन्द्र मा आश्रीत वालवालीकालाई खाद्यान्न स्टेशनरी र कपडा सहयोग प्राप्त भएको छ ।
ललितपुर स्काउटका स्काउटरहरुको सहयोगमा संकलीत रु एक लाख पचास हजार वरावरको सो सामाग्री आज केन्द्रमा पुगी स्काउटरहरुले एक कार्यक्रमका विच हस्तान्तरण गरेका हुन् ।
उनिहरुले ललीतपुरको भिएस निकेतन स्कुल , गौरीशंकर स्कुल , सेन्ट जेभियर्स कलेज जावलाखेल,ग्रयान्ड एकेडेमी , त्रीपद्यमा स्कुल,अनन्त स्कुल,डाफे स्कुल , शहिद धर्मभक्त स्कुल , से न्ट मेरिज स्कुल,फ्युचर स्टार स्कुल , प्रभात स्कुल,हरिसीद्धी स्कुल लगायतका एक दर्जन विद्यालयमा तिहारको समयमा देउसी भैलो खेलेर र अन्य समयमा सहयोग संकलन गरि केन्द्रलाई हस्तान्तरण गरिएको भिएस निकेतन स्कुलका स्काउट प्रशिक्षक प्रकाशराज पाण्डेले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा फ्रान्स घर भइ हबकबमा कार्यरत एलीजा मार्फत प्राप्त स्टेशनरीहरु समेत केन्द्रलाई हस्तान्तरण गरिएको थियो । सो कार्यक्रममा गामवेशीको चेपाब संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्मा , पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र वडुवाल , स्काउटका एसीया प्यासीफीक रिजन युथ कोअडिनेटर प्र काशराज पाण्डे लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सो के न्द्रमा चितवन र मकवानपुरका विकट पहाडी क्षेत्रका ७४ जना विपन्न चेपाब विद्यार्थिहरु आश्रीत रहेका छन् ।






COMMENTS