अमेरिकाका नेपालीले राम चन्द्र पौडेललाई के सोधे र उन्ले के जवाफ दिए ?

मंगसिर १६ , भर्जिनिया विजय थापा : हालसालै अमेरिकाको जनसम्पर्क समितिको अधिवेसनमा आई नेपाल फर्की सकेका नेपाली काग्रेसका उप सभापति राम चन्द्र प...

मंगसिर १६ , भर्जिनिया

विजय थापा : हालसालै अमेरिकाको जनसम्पर्क समितिको अधिवेसनमा आई नेपाल फर्की सकेका नेपाली काग्रेसका उप सभापति राम चन्द्र पौडेल संग अमेरिकामा भएको एक अन्तरक्रिया कार्यक्रममा अत्यधिक सवाल र जवाफ सहित कार्यक्रम भब्यताको साथ सम्पन्न  भयो ।

''नेपालमा संबिधान लेखन प्रक्रियामा के हामी सहि बाटोमा छौ'' भन्ने मूल नारामा केन्द्रित अन्तरक्रिया कार्यक्रम रहेता पनि अन्य बिबिध बिषयमा जिज्ञाशा आएको र सबैको सवालको जवाफ पौडेलले दिनु भयो ।

अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासा(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले संचार प्रणालीको माध्यमबाट आयोजनामा गरेको उक्त अन्तरक्रिया कार्यक्रममा गैर आवाशीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले आगामी बन्ने संबिधानमा बिदेशमा बस्ने प्रवासीहरुको लागि नागरिकताको सवाल सहित माघ ८ मा संबिधान जारी हुन् असम्भव भए जनमत गराउने हो कि भनि राखेको सवालको जवाफमा पौडेलले छोटो प्रक्रियाका माध्यमबाट भए पनि निर्धारित मितिमा नयाँ संविधान जारी गर्न सकिने बताउनु भयो ।

राम चन्द्र पौडेलले थप जवाफ दिदै जनमत र जनताबाट नै सभासद भै जनताकै प्रतिनिधित्व गरेको हुनाले संबिधान अब तार्किक बिन्दुमा पुग्न आटेको बताउदै नेपाली जनतालाई निर्धारित समयमा नै संविधान दिनुपर्छ भन्ने पक्षमा काँग्रेस रहेको उहाँले बताउनुभयो ।

सहमतिकै माध्यमबाट मुलुकमा नयाँ संविधान जारी हुनुपर्छ भन्ने नै नेपाली काँग्रेसको स्पष्ट अवधारणा रहेको पनि उपसभापति पौडेलले स्पष्ट पार्नु भयो । नासाका जनसम्पर्क समितिका सभापति नर काजि गुरुङ (बिध्या वारिधि )ले हालै सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संख्याका पछि नलाग्न र सहमतिकै माध्यमबाट संविधान जारी गर्न राखेको अभिव्यक्ति सम्बन्धि जिज्ञासामा नेता पौडेलले भन्नुभयो, ‘काँग्रेस सहमतिको प्रयासबाट निकास निकाल्ने कुरामा विश्वास गर्छ भन्दै अझै पनि सहमतिकै माध्यमबाट नेपाली जनतालाई संविधान दिन सकिन्छ भन्नेमा आफु विश्वस्त छु भनि जवाफ दिनु भयो ।

उक्त संचार माध्यमबाट गरिएको अन्तरक्रिया कार्यक्रममा सवालहरु पटक पटक जुध्न पुगेको थियो भने प्रश्नकर्ताहरु कतार ,क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट करिब दुई सय भन्दा ज्यादा सहभागीहरु रहेको कार्यक्रम संचालक नर काजि गुरुङ(बिध्या वारिधि )ले जानकारी गराए ।

उक्त कार्यक्रममा संस्थाका सभापति राम चन्द्र बराल(बिद्या वारिधि )ले सहभागी तथा अतिथि नेपाली काग्रेसका उप सभापति राम चन्द्र पौडेललाई स्वागत गर्नु भएको थियो भने पौडेलले गैर आवासीय नेपाली संघलाई अब बन्ने संबिधानमा बिशिष्ठ स्थान दिइने छ ।  कांग्रेस हदै सम्म लचकतामा जाने छ तर आफ्नो दलको सहमतिको नाममा लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता, मानव अधिकारमा कहिले सम्झौता गर्दैन । 

र ,साम्प्रदायिकमा समावेश गर्न इच्छुक हुदैन भन्नु भयो । जातीय पहिचानको आधारमा देश विभाजन नेपाल जस्तो देशमा लगभग असम्भव छ भनि पौडेलले जवाफ दिनु भयो ।  प्राध्यापक नर काजि गुरुङ (बिध्या वारिधि)ले कार्यक्रम संचालन गर्नु भएको थियो।

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: अमेरिकाका नेपालीले राम चन्द्र पौडेललाई के सोधे र उन्ले के जवाफ दिए ?
अमेरिकाका नेपालीले राम चन्द्र पौडेललाई के सोधे र उन्ले के जवाफ दिए ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjVYPKhc0I3o-YCHdHjPr_7nDkayp-5EdlObCjitKE-u8t0KYA4Zi-MOdrc8J4r4HA4uv3NDt_T4609Fi7T1CKQEAkRM492sheh5X6etpkr6kCBd7AbnCz7IGRj8967a_xf8g5Dn-50zOFR/s1600/unn.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjVYPKhc0I3o-YCHdHjPr_7nDkayp-5EdlObCjitKE-u8t0KYA4Zi-MOdrc8J4r4HA4uv3NDt_T4609Fi7T1CKQEAkRM492sheh5X6etpkr6kCBd7AbnCz7IGRj8967a_xf8g5Dn-50zOFR/s72-c/unn.jpg
Magone
http://gurublogtips.blogspot.com/2014/12/blog-post_1.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2014/12/blog-post_1.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy