महिला हिंशा बिरुद्द १६ दिने अभियान चल्नु सकारात्मक कुरा हो । तर यो अभियानले आफ्नो उदेश्य लाई पुरा गर्न केवल बार्षिक रुपमा सिमित रही १६ दि...
महिला हिंशा बिरुद्द १६ दिने अभियान चल्नु सकारात्मक कुरा हो । तर यो अभियानले आफ्नो उदेश्य लाई पुरा गर्न केवल बार्षिक रुपमा सिमित रही १६ दिन लाई संझेर बस्दा महिला हिंशामा कमी आउन सक्दैन ! एकातिर काग कराउदै गर्छ अर्को तिर पिना सुक्दै गर्छ । ठीक यस्तै उखान सँग मेल खान्छ नेपालमा महिला हिंशा बिरुद्दका अभियानहरु र कार्यक्रमहरु । किन कि जे जस्ता अभियान चलाए पनि महिला हिंशामा कमी आएको छ भन्न सक्ने स्थिती नै छैन ।
घर देखी एयरपोट सम्म नेपाली महिलाहरु त्रसित वातावरणमा बाचिरहेका छन । हामी जती पनि महिला हिंशाका समाचार सुन्छौ ति सबै घैला भरीएर बगेको पानी जस्तै हुन ,अति भ्ए पछी मात्र बाहिर देखिएका हुन । कती महिला हिंशा घरमै छुपाइन्छ , कती टोल छिमेक मै छुपाइन्छ त कती पुलिस थाना बाट अगाडी बढाइदैन । जब समाचार बन्छ अनि महिला हिंशाका कुरा , अधिकारका कुरा , समानताका कुराले बहसको लागी टेवल तताउछ । कतै साहानुभुती त कतै देखावटी नारा मात्र उच्चारण गरिन्छ तर महिला हिंशा कायम हुनु समग्र रुपम समाज कै असभ्यताको परिचय हो भनि कहिल्यै मनन गरिएन । जसले गर्दा महिला प्रती सकारात्मक र सम्मानित मनोभावनाको हामी र हाम्रो समाजमा आशातित रुपमा बिकास हुन सकेन । जसको शिकार महिलाहरु स्वयम शारीरिक र मानसिक रुपमा भएका छन भने समाज पनि सवल हुन बाट बन्चित हुनु परेको छ !
महिला माथी जती दुब्यबहार हुँदै छ त्यती समाजमा लैङिक बिभेदका कुरा हरु जन्मदै छन । यो समय भनेको आफु र आफ्नो प्रतीनिधी पुस्ता लाई एक समस्याको समाधानमा प्रतिस्थापित गराउनु हो चिया गफमा समय खेर फाल्ने होइन । बिडम्वनाको कुरा महिलाका समस्या , पिडा र महिला प्रती गरिने सामाजिक अन्यायपुर्ण ब्यबहारलाई केवल महिला कै मात्र समस्या मानिन्छ तर महिलाहरु माथी पिडक बनेर लगातार महिला माथी आक्रमण हुनु पनि एक पहिलो कारक हो र पहिले समाधानको शुरुवात त्यही बाट खोजिनुको सट्टा हावाको कारण फर्फराएका पातहरुमा औषधिका थोपा राखेर मर्न लागेको बिरुवाको बचावट लाई अपनाइने अज्ञानताको परिक्षण जस्तै महिला हिंशाको निराकरण को लागी पनि डलर मुखी र कोठे आक्रोस मात्र अपनाउनु बुद्दिमानी हुँदैन । यदी हामी यसरी नै कोठे आक्रोसमा मात्र सिमित रहयौ भने कहिल्यै पनि हामी महिला हिंशा बिरुद्दको अभियान लाई सार्थकता सावित गर्न सक्दैनौ !
शहर भित्रको डलरी परिबेसमा महिला हिंशा बिरुद्द छिट्फुट कागजी नाराको कुरा चल्छ तर प्रत्यक दिन अखवारहरुले महिलाहरु माथी गरिएका जघन्य अपराधिक कृयाकलाप हरु छाप्दै गर्छन । महिला हिंशामा कमी नहुनुले कसैलाई तातो लागेको देखिदैन हतार देखिन्छ केवल हामी पनि महिला हिंशाको बिरुद्दमा छौ भने औपचारीकता देखाउन मात्र । प्रत्यक दिनका त्यस्ता समाचारले स्वस्थ महिलाहरु पनि मानसिक रुपमा बिक्षिप्त हुन बाट जोगिन सक्दैनन । बढ्दै गरेको आत्मवल लाई पनि महिलाहरुले तिलान्जली दिनु पर्ने स्थिती अहिले देखिएका र भोगीरहेका प्रताडना बाट पनि सृजना भएको छ । अझै पनि दिनकै समयमा पनि स्वतन्त्र पुर्वक सुरक्षित महसुस गरेर आफ्नो दैनिकी चलाउने सक्ने वातावरण नै बन्न सकेको छैन । सामान्य रोजगारीहरु लाई धेरै महिलाहरुले सुरक्षा कै अभावका कारण अपनाउन सकिराखेका छैनन । जसले गर्दा जीवन स्तरमा परिवर्तन्, आर्थीक रुपमा सवल र पुरुष सरहको स्वाभिमानी परिचय बनाउन बन्चित छन नेपालमा धेरै संख्यामा महिलाहरु ।
किन बिश्लेषण गरिदैन महिलाहरु माथी हुने मानसिक असर र उनिहरुको जीवनमा परेको कठिनाइ को ? कहाँ बिलाएको छ हाम्रो समाज भित्र नैतिक दायित्व ? कहिले सम्म देख्न चाहान्छ हाम्रो समाज ले महिलाहरुका ती रोदनहरु ? यही समाज को समकक्षीको रुपमा हुँदा हुँदै पनि कहिले सम्म असुरक्षित महसुस गर्दै बाच्छन महिलाहरु ?दुखका साथ भन्नु पर्दा २१ औ शताब्दी सम्म आइपुग्दा नेपाली महिलाहरुको बिद्द्यमान दयनिय स्थितीको सरोकाल वालाहरु बाट चाल्नु पर्ने कदम हरु प्रभावकारी हुन नसक्नु नै महिलाहरु माथी अपराधिक सोच बनाउने तत्व हरुले बढावा पाउनु हो ।

लक्ष्मी ज्ञवाली

COMMENTS