महिला तस्करीमा कर्मचारीकै मिलेमतो

अवैध रूपमा घरेलु कामदारका रूपमा महिलालाई खाडी राष्ट्रमा पठाउने कार्यमा अध्यागमन विभागका कर्मचारीको मिलेमतो देखिएको संसदीय टोलीले जनाएको छ । ...

अवैध रूपमा घरेलु कामदारका रूपमा महिलालाई खाडी राष्ट्रमा पठाउने कार्यमा अध्यागमन विभागका कर्मचारीको मिलेमतो देखिएको संसदीय टोलीले जनाएको छ । खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेर मंगलबार स्वदेश फर्किएका अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले अध्यागमन विभागमा मानवतस्करहरूले ‘सेटिङ’को जालो बनाएको बताएको छ । नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गर्न सो टोली यही ५ चैतमा त्यसतर्फ प्रस्थान गरेका थिए । समितिका सभापति प्रभु साहले अध्यागमन विभागका कर्मचारीको मानवतस्करसँग मिलोमतो हुनु गम्भीर कुरा भएको भन्दै यसबारे छानबिन गर्न सरकारलाई सिफारिस गरिने बताए ।



उनले भने, ‘त्यसरी अवधै रूपमा जानेहरू आधाभन्दा बढीले नेपालकै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगगरी गएको देखियो । बाँकी मात्रै भारत र श्रीलंका हुँदै गएको भेटियो । मानवतस्करले अध्यागमनबाट बेरोकतोक पर्यटक प्रवेशाज्ञामा दुबई, कुबेत पठाउने र त्यहाँबाट साउदीअरब, कतार, ओमन पठाउने गरेको भ्रमणको क्रममा भेटिएको उनले बताए । साउदीमा मात्रै ३० हजारभन्दा बढी महिला अवैध रूपमा घरेलु कामदारका रूपमा गएको र अन्य मुलुकमा समेत त्यो संख्या धेरै रहेको संसदीय समितिले जनाएको छ । खाडीमा अवैध रूपमा घरेलु कामदारका रूपमा गएका अधिकांश महिलाले दुःख पाएको भेटिएको सभापति साहले बताए । चार मुलुकको दूतावासमा अस्थायी रूपमा दर्जनाँै महिलालाई उद्धार गरेर राखिएको टोलीले जनाएको छ । ती महिलासँग संसदीय टोलीले छलफल गरेको थियो ।

भ्रमणका क्रममा चार मुलुकमा हजारभन्दा बढी कामदारसँग भेटघाट र साक्षात्कार गरेको तर तीमध्ये एकजनाले पनि निःशुल्क रूपमा आफू नआएकोे संसदीय टोलीसमक्ष बताएका थिए । सभापति साहले भने, ‘निःशुल्क टिकट र प्रवेशाज्ञा कागजमा मात्रै सीमित रहेको देखियो, यसबारे पनि कडाइपूर्वक अध्ययन हुन जरुरी छ । समितिका सभापति साहको नेतृत्वको टोलीमा सांसदहरू विनोद श्रेष्ठ, प्रेमकिशोर प्रसाद साह, अशोककुमार मण्डल, राज्यलक्ष्मी श्रेष्ठ, राधादेवी तिमिल्सेनासहित नौ सदस्यीय छन् । टोलीले ती मुलुकका सरकारी अधिकारी, नेपाली नियोगका अधिकारी, नेपाली कार्यरत कम्पनी, नेपाली संघ संगठन र कामदारसँग छलफल गरेको जनाएको छ । -

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: महिला तस्करीमा कर्मचारीकै मिलेमतो
महिला तस्करीमा कर्मचारीकै मिलेमतो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjYvZtKRsA6Mw3G7F2BNsrUV07uDhEdEpetoBzVyU748DawDPCNClxzRSSmaMa85uiaoL4wbQ9wOTdXM2yjCgAEub-L5IMSnd3NSQCGQugPH4kSAWgs0ax7BI-xeGtlKYdqmIvLPCOYKbE/s640/0.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjYvZtKRsA6Mw3G7F2BNsrUV07uDhEdEpetoBzVyU748DawDPCNClxzRSSmaMa85uiaoL4wbQ9wOTdXM2yjCgAEub-L5IMSnd3NSQCGQugPH4kSAWgs0ax7BI-xeGtlKYdqmIvLPCOYKbE/s72-c/0.jpg
Magone
http://gurublogtips.blogspot.com/2017/03/blog-post_30.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2017/03/blog-post_30.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy