स्थानीय चुनावमा एक व्यक्तिले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने

काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र कस्तो होला ? एकजनाले कति ठाउँमा छाप लगाउनुपर्ला ? यसबारे धेरै मतदाताहरु अझै पनि दुविधा...

काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र कस्तो होला ? एकजनाले कति ठाउँमा छाप लगाउनुपर्ला ? यसबारे धेरै मतदाताहरु अझै पनि दुविधामा छन् ।

मतदान गर्न करिब ५० दिनमात्र बाँकी रहँदा मतदाताहरुमा मतदान प्रक्रियाबारे अझै अन्योल हटेको छैन । उसोभए आगामी निर्वाचनमा कसरी मतदान गर्ने त ? यहाँ केही टिप्सहरु दिइएको छः



१. मतदाता नामावलीमा नाम नभए उजुरी गर्नोस्

सबैभन्दा पहिले तपाईले आफ्नो नाम मतदाता नामावलीमा भए नभएको निश्चित गर्नुपर्ने हुन्छ । तपाईले ०७० को निर्वाचनमा मतदाता परिचय पत्र पाए पनि अहिले लिष्टमा नाम नहुन पनि सक्छ । त्यस्तो भएमा तत्काल निर्वाचन आयोगमा उजुरी दिनुपर्ने हुन्छ ।

यदि तपाईको नाम मतदाता नामावलीमा छ भने अब तपाईले भोट दिन पक्का पाउनु हुनेछ । तर, ०७० सालपछि मात्रै यदि तपाइले फोटोसहितको मतदाता नामावली दर्ता गराउनु भएको थियो भने तपाईको नाम निर्वाचन आयोगको वेभसाइटबाट अहिल्यै हेर्न सकिँदैन ।

त्यस्तो नामावलीको अध्यावधिक भइरहेकाले अहिले नै आयोगले सार्वजनिक गरेको छैन । त्यसका लागि केही दिन कुर्नुपर्छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार नयाँ अध्यावधिक नामावली हेर्न कम्तिमा चैत २० गतेसम्म कुर्नुपर्नेछ ।

२. मतदान केन्द्र हेर्नुस्

निर्वाचन आयोगले मतदाता नामावलीमै तपाईको निर्वाचन केन्द्र तोकेको हुन्छ । तर, अहिले निर्वाचन आयोगको वेभसाइडमा तपाईले भेट्ने मतदाता सूचीमा तपाईको मतदान केन्द्र जुन लेखिएको छ, अब त्यो लागू नहुन सक्छ र फेरिएको पनि हुन सक्छ । त्यो मतदान केन्द्र ०७० सालमा सम्पन्न दोस्रो संविधानसभाका लागि मात्र तोकिएको थियो । अब हुने स्थानीय निर्वाचनका लागि आयोगले मतदान केन्द्रहरु हेरफेर गरेको छ ।

तपाईले नयाँ अद्यावधि गरेको मतदाता नामावलीमा मात्र अगामी निर्वाचनमा तपाईले मतदान गर्ने मतदान केन्द्र तोकिएको हुन्छ । बैशाख ३१ गते तपाइले तोकिएको मतदान केन्द्रमा गएर मात्र मत दिन सक्नुहुनेछ ।

३. भोट कसरी हाल्ने ?

मतदाता नामावलीमा तपाईको नाम निश्चित भएपछि अब तपाईले मतदान कसरी गर्ने भन्ने जान्नुपर्ने हुन्छ । ०६० र ०७० सालको निर्वाचनमा जस्तो तपाईले दुईवटा फरक मतपत्रमा मत दिनुपर्दैन । अब एउटामात्रै मतपत्रबाट आफ्ना उम्मेदवार चयन गर्न सक्नुहुनेछ ।

तपाईले सेतो कागजमा रातो अक्षर प्रिन्ट गरेको मतपत्र पाउनु हुनेछ । त्यसमा २७ वटा दलको पार्टीको चुनाव चिन्ह हुन्छ । सबैभन्दा माथि नेपाली कांग्रेसको चुनाव चिन्ह हुन्छ । दोस्रोमा एमाले र, तेस्रोमा माओवादी केन्द्रको चुनाव चिन्ह हुन्छ ।

२७ नम्बरपछि स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह राखिएको हुन्छ । दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारमध्ये अब तपाईले कसलाई मत दिन चाहेको हो, त्यसलाई मत दिन सक्नुहुन्छ ।

मतपत्रमा क्रमश गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र चारजना सदस्यको नामहरु क्रमशः हुन्छ । तपाईले आफूले चाहेको उम्मेद्वारलाई मत संकेत गर्न सक्नुहुनेछ ।

तपाईले स्थानीय तहको चुनावमा सात जना उम्मेद्वारका लागि भोट हाल्नुपर्छ । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र चारजना सदस्यहरु गरी ७ जनालाई भोट दिनुपर्ने हुन्छ । वडा सदस्यहरुमा एकजना दलित महिला उम्मेद्वार, एकजना महिला उम्मेद्वार र तीनजना पुरुष वडा सदस्यलाई भोट हाल्नुपर्छ ।

नगरपालिका वा महानगरपालिकामा पनि त्यसैगरी सात जनालाई नै भोट हाल्नुपर्छ । नगरपालिकाहरुमा मेयर, उपमेयर, वडा अध्यक्ष र चार जना सदस्यहरुलाई भोट हाल्नुपर्छ ।

४. अझै बुझिएन ?

तपाईले मतदान गर्ने तरिका अझै बुझ्नुभएको छैन ? यदि त्यस्तो हो भने चिन्ता गर्नु पर्दैन । निर्वाचन आयोगले चैत २८ गतेदेखि देशभर एकै चोटि कम्तिमा २१ हजार मतदाता शिक्षा स्वयम्सेवक परिचालन गर्दैछ । उनीहरुले तपाईलाई कसरी मतदान गर्ने भन्नेकुरा सिकाउने छन् । ती स्वयम्सेवकसँग नमूना मतपत्र हुनेछ । र, उनीहरुले कसरी मतपत्र लिने र आफ्ना उम्मेदवारहरुलाई भोट दिने कुरा सिकाउनेछन् । यस्तै दलका प्रतिनिधिले समेत यो कुरा सिकाउनेछन् ।

गत ०७० सालको निर्वाचनमा करिब ८ हजारमात्रै मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरेकोमा निर्वाचन आयोगले यस निर्वाचनका लागि भने कम्तिमा २१ हजार मतदाता शिक्षा स्वयम्सेवक परिचालन गर्न लागेको हो ।

निर्वाचन प्रणालीको कठिनाइ र छोटो समयमा निर्वाचन गर्नुपर्ने भएकाले आयोगले धेरै मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरि मतदाता शिक्षा प्रभावकारी बनाउने रणनीति बनाएको हो ।

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: स्थानीय चुनावमा एक व्यक्तिले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने
स्थानीय चुनावमा एक व्यक्तिले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg-zMrc2dGpkSjxyVYX9Ya1VFwbJhcJxXU9fdfLEvyr3uv-3F_DSQAZw13uM-tzKnjOndnjd-2Qq9AJyd53yqIt6FYUPOGR7e7-00_LALMc83srdbvTqiys8b3p1aagHk4W77HpyVnVp34/s1600/matpetika.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg-zMrc2dGpkSjxyVYX9Ya1VFwbJhcJxXU9fdfLEvyr3uv-3F_DSQAZw13uM-tzKnjOndnjd-2Qq9AJyd53yqIt6FYUPOGR7e7-00_LALMc83srdbvTqiys8b3p1aagHk4W77HpyVnVp34/s72-c/matpetika.png
Magone
http://gurublogtips.blogspot.com/2017/03/blog-post_46.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2017/03/blog-post_46.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy