लोप हुन लागेको खैंजडी भजन जोगाउन सक्रिय हुंदै छत्रेदेउरालीबासी

दुनियाँ पप र रकमा झुमिरहेकै बेला धादिङको क्षत्रेदेउराली गाविस अर्थात हालको धुनीबेसी नगरपालीकाका युवाहरु भने पुरातन संस्कृति जोगाउन तल्लिन दे...

दुनियाँ पप र रकमा झुमिरहेकै बेला धादिङको क्षत्रेदेउराली गाविस अर्थात हालको धुनीबेसी नगरपालीकाका युवाहरु भने पुरातन संस्कृति जोगाउन तल्लिन देखिएका छन् । यसमा उनीहरुलाई साथ दिएका छन् स्थानिय तोयानाथ रिजाल र उद्दव कँडेलले । नेपाली समाजमा पाश्चात्य संस्कृतिको बोलवाला बढीरहेकै बेला स्थानिय युवा तथा बृद्धबृदाहरु भने आफ्नो राष्ट्रको मौलिक संस्कृतिलाई मर्न दिन हुन्न आगामी पुस्तालाई पनि हस्तान्तरण गर्दै लानु पर्दछ भनेर लागि परेका छन् ।जसलाई सबै गाउँबासीले सराहनिय मानेका छन् ।


प्रसंग हो स्थानिय बच्छलादेवी ज्वालामुखी मन्दिरको प्रांगडमा प्रत्येक शनिवार हुने गरेको भजन किर्तनको । नेपालका धेरै मठ मन्दिरमा भजन किर्तन हुन्छन, यो कुनै नौलो कुरा होइन तर बच्छलादेवी मन्दिरमा हुने भजन किर्तनको रौनकै बेग्लै छ ।स्थानिय युवा मिलेर त्यहा प्रत्येक हप्ता खैंजेडी भजन मञ्चन भइरहेको छ । जसलाई नेतृत्व गरिरहेका छन् डाँडागाउँ निवासी तोयानाथ रिजालले । यस अघि उद्ध्व कडेलको हार्मोनियम भजनले निरन्तरता पाएकोमा उनीहरुकै पहलमा खैजडी भजनलाई निरन्तरता दिन लागेको उद्धव कडेलले बताएका छन् ।

८३ बर्ष काटेका रिजालले खैंजेडी भजन भट्याउँदा सिंगो गाउँ नै मन्त्रमुग्ध हुन्छ । त्यसैले हरेक शनिवार बिहान बत्सलादेवी प्रांगणमा हिजोआज खैजडी भजन सुन्नकै लागि पनि भीड हुन थालेको छ । उमेरले ८ दशक काटिसकेका रिजाल उत्साहित हुदै भन्छन, ‘यो मैंले जानेको केही कुराहरु पछिल्लो पुस्तालाई हस्तान्तरण गरेर मर्न पाए सन्तोष मिल्थ्यो ।’

रिजाल खैजडी भजनको लागि जिल्लाभरी नै कहलिएका व्यक्ति हुन । तर, केही बर्ष अघि देखि युवाहरुको विदेश पलायन र पाश्चात्य संस्कृतिप्रतिको मोहका कारण उनको खैंजडी भजन निश्कृय नै बनेको थियो । मनभरी आफ्नो कला र संस्कृतिलाई बचाउने अभिलाषा बोकेका ८३ बर्षीय तोयनाथ रिजालको अभिलाषा यसकारण पनि पुरा भएको थिएन कि उनका उमेरमा उनका सहपाठीहरु धेरैजसो परलोक गइसकेका थिए ।तर उनको यो इच्छालाई पुरा गरेका छन स्थानिय युवा एवम समाजसेवीहरुले ।जसले उनको सीप ज्ञान र कलालाई आगामी पुस्तालाई हस्तान्तरण गर्ने प्रणका साथ लागिपरेका छन् । - See more at: http://dhadingnews.com/?p=28673#sthash.dnbOFhbd.dpuf

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: लोप हुन लागेको खैंजडी भजन जोगाउन सक्रिय हुंदै छत्रेदेउरालीबासी
लोप हुन लागेको खैंजडी भजन जोगाउन सक्रिय हुंदै छत्रेदेउरालीबासी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhm2W0JyKp25_xPsarkxcL6tmv7KQx5cthwNmxx6VX3jhwwGOsVFsI1lMTMfuu0UhPdm66ZCdhxfgTt0DQs-phiVh-jAlXc6iSllokyakfitYALe0l0f3gOKOnVlKNpUNlVX2NisG40tM8/s400/0.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhm2W0JyKp25_xPsarkxcL6tmv7KQx5cthwNmxx6VX3jhwwGOsVFsI1lMTMfuu0UhPdm66ZCdhxfgTt0DQs-phiVh-jAlXc6iSllokyakfitYALe0l0f3gOKOnVlKNpUNlVX2NisG40tM8/s72-c/0.jpg
Magone
http://gurublogtips.blogspot.com/2017/03/blog-post_69.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2017/03/blog-post_69.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy