न्युयोर्कमा समातिएका ४१ जनामा नेपाली नभएको पुष्टी

न्युयोर्कको न्यु हाइड पार्कमा समातिएको ३१ बर्षको व्यक्ति खतरनाक हतियारबाट आक्रणको अभियोगमा दोषी ठहरिएको एल साल्भाडोरको थियो भने ब्रोंक्समा स...

न्युयोर्कको न्यु हाइड पार्कमा समातिएको ३१ बर्षको व्यक्ति खतरनाक हतियारबाट आक्रणको अभियोगमा दोषी ठहरिएको एल साल्भाडोरको थियो भने ब्रोंक्समा समातिएको ४९ बर्षको व्यक्ति ११ बर्षभन्दा कम उमेरकोलाई यौनहिंशा गर्ने जमैकन थियो । त्यस्तै स्टेटन आइल्याण्डमा समातिएको ६० बर्षको व्यक्ति पनि ११ बर्षभन्दा कम उमेरकोमाथि यौन हिंशागर्ने मेक्सिकन थियो खसोखास डट कममा खबर छ ।



रिचमण्डहिलमा समातिएको २३ बर्षको गायनिज पनि बलात्कारको दोषी थियो भने ब्रोंक्समा समातिएको २९ बर्षको ग्वाटेमालाको व्यक्ति पनि बलात्कारको दोषी थियो । त्यस्तै न्युयोर्कको जमैका समातिएको ३० बर्षको एल साल्भाडोरको व्यक्ति पनि बलात्कारी थियो भने कलेज प्वाइन्टमा समातिएको एल साल्भाडोरकै ५१ बर्षीय पनि बच्चामाथि यौनहिंशा गर्ने व्यक्ति थियो । ब्रोंक्समा समातिएको ५४ बर्षको गायनाको व्यक्ति पनि यौनहिंशाको दोषी थियो भने ज्याक्सनहाइटमा समातिएको ३८ बर्षको इक्वेडरको व्यक्ति पनि यौनहिंशामा नै दोषी थियो ।

त्यस्तै न्युयोर्कमा समातिएको ४३ बर्षको मेक्सिकन, ३० बर्षको इक्वेडरको व्यक्ति र कलेज प्वाइन्टमा समातिएको ३४ बर्षको एल साल्भाडोरको व्यक्ति यौनहिंशाका दोषी थिए । मुनरोमा समातिएको ३० बर्षको होण्डुरसको व्यक्ति र स्टेटन आइल्याण्डमा समातिएको ४० बर्षको मेक्सिकन आक्रमणका घटनाका दोषी थिए । हेम्पस्टीडमा समातिएको ३४ बर्षको एल साल्भाडोरको व्यक्ति बच्चाको वेलफेयरमा खतरनाक सावित भएको थियो भने एल्मस्र्टमा समातिएको २९ बर्षको मेक्सिकन परिवारलाई वेवास्ता गरेकोमा दोषी ठहरिएको थियो ।

बु्रकलिनमा समातिएको ३० बर्षको मेक्सिकन डकैती गरेको अभियोगमा पहिले नै अमेरिकाबाट देशनिकाला गरिएको मेक्सिकन थियो । रिभरहेडमा समातिएको ५६ बर्षको एल साल्भाडोरको व्यक्ति डकैतीमा संलग्न थियो भने रुजभेल्टमा समातिएको २५ बर्षको ट्रिनिडाडको व्यक्ति पनि डकैतीमा संलग्न थियो । आइल्याण्ड पार्कमा समातिएको ३१ बर्षको होण्डुरसको व्यक्ति व्यक्तिगत सम्पत्ति चोरेको अभियोग पुष्टी भएको व्यक्ति थियो भने बेशोरमा समातिएको २७ बर्षको एल साल्भाडोरको व्यक्ति डकैतीमा दोषी थियो ।

बु्रकलिनमा समातिएको ४४ बर्षको कोलम्बियन लागु पदार्थको ओसारपसारमा संलग्न थियो भने ब्रोंक्समा समातिएको ४१ बर्षको डोमेनिक रिपब्लिकको व्यक्ति पनि कोकिन ओसारपसारमा दोषी थियो । एलमण्टमा समातिएको ४६ बर्षको एल साल्भाडोरको व्यक्ति र ब्रोंक्समा समातिएको डोमेनिक रिपब्लिकका व्यक्ति लागुपदार्थको अपराधमा दोषी थिए । रुजभेल्टमा समातिएको ४४ बर्षको एल साल्भाडोरको व्यक्ति प्रहरी कारवाहीमा अवरोध गरेवापत पहिले नै देशनिकालामा परेको व्यक्ति थियो । ब्रोंक्समा समातिएको ४० बर्षको व्यक्ति अरुको गोप्यता भंग गरेको अभियोगमा दोषी मेक्सिकन थियो भने हेम्पस्टीडमा समातिएको ३५ बर्षको व्यक्ति अपराधमा पहिले नै देशनिकालामा परेको थियो ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा न्युयोर्कमा समातिने ४१ जनाको विस्तृत विवरण सार्वजनिक भएको छ । न्युयोर्कमा समातिएका ४१ जनामध्ये म्यानहटनमा ४ जना, बु्रकलिनमा ३ जना क्वीन्समा ७ जना, ब्रोंक्समा ६ जना र स्टेटन आइल्याण्डमा २ जना रहेको डब्युएबीसीसीले जनाएको छ । यसरी न्युयोर्क सिटीमा जम्मा २२ जना समातिएका थिए भने लंग आइल्याण्डमा १४ जना, रकल्याण्ड काउन्टीमा २ जना, अरेन्ज काउन्टीमा २ जना र पुट्नाम काउन्टीमा १ जना समातिएका थिए । समातिएका ४१ जनामध्ये ३८ जनाको आपराधिक रेकर्ड भएको जनाइएको छ ।

COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: न्युयोर्कमा समातिएका ४१ जनामा नेपाली नभएको पुष्टी
न्युयोर्कमा समातिएका ४१ जनामा नेपाली नभएको पुष्टी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgo80nRRFpNteBSoMkAKswxHkzQzh9m3Z4uQdqXwlLDnvTlMPCP8dkXyvme-UW7C_4CEwiBJi4mFEcq_lX7iSNLoCm1ihBJGu1yeAviFGZIDe2FjRtJykZRY2kv_NYl-D9FKwvy4n1gTVM/s1600/IC.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgo80nRRFpNteBSoMkAKswxHkzQzh9m3Z4uQdqXwlLDnvTlMPCP8dkXyvme-UW7C_4CEwiBJi4mFEcq_lX7iSNLoCm1ihBJGu1yeAviFGZIDe2FjRtJykZRY2kv_NYl-D9FKwvy4n1gTVM/s72-c/IC.jpg
Magone
http://gurublogtips.blogspot.com/2017/03/blog-post_89.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2017/03/blog-post_89.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy