२३ बर्षमा अनमोल, भन्छन्-‘राम्रो फिल्म र समाजसेवा मुख्य चाहना

नेपाली चलचित्र क्षेत्रका यूवा स्टार हुन्, अनमोल केसी । चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै स्टारको रुपमा परिचित अनम...

नेपाली चलचित्र क्षेत्रका यूवा स्टार हुन्, अनमोल केसी । चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै स्टारको रुपमा परिचित अनमोल ४ वटा चलचित्रमा काम गर्दासम्म सुपरस्टारको ट्याग बोक्न सफल भैसकेका छन् । उनै, अनमोल आजबाट २३ बर्षमा प्रवेश गरेका छन् । उनले आफू आजबाट २३ बर्षमा प्रवेश गरेको अनलाइनखबरसँग बताएका छन् । नायक भूवन केसी र नायिका तथा निर्मात्री सुस्मिता केसीका छोरा अनमोल अहिलेका पुस्तामा सबैभन्दा बढी फ्यान कमाउने नायक हुन् ।

‘जेरी, डि्रम्स र गाजलु’ पछि अनमोल अहिले चलचित्र ‘कृ’को तयारीमा छन् । आज एक बिहानै बुढानिलकण्ठको कृष्ण मन्दिरमा गएर उनले पूजा गरे । भगवान्सँग के प्रार्थना गर्नुभयो भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने-‘मैले यो संसारमा जति पनि दुःख पाएका प्राणी छन्, सबैलाई सुख मिलोस् भनेर मागेँ । मेरा लागि मैले भगवान्सँग केहि पनि मागिनँ ।’



‘कृ’का लागि खुबै मिहिनेत
चलचित्र बजारमा नायक केसीले अभिनय गर्न लागेको पाचौ चलचित्र ‘कृ’ छायांकनमा जान नसकेपछि विभिन्न खालका गसिप चलिरहेको छ । अनमाले यो बिषयमा भन्छन्-‘मैले कथा मन नपराएका कारण रोकिएको भन्ने कुरा गलत हो । यो प्रोेजेक्ट मैले मन परेकै कारणले गरेको हुँ । राम्रो चलचित्र बनाउन हतार नगरौ भनेर हामीले केहि समय लिएका हौं ।’ यसपटक अनमोलले ज्यान बनाउनदेखि अन्य विभिन्न पाटोमा खुबै मिहिनेत गरेका छन् ।

यस बिषयमा उनी भन्छन्-‘काम गाह्रो भएपनि मैले असहज महशुश गरिनँ । सायद, विज्ञान पढेर वा म्यानेजमेन्ट पढेर अफिसमा काम गर्नु परेको भए मलाई गाह्रो हुन्थ्यो होला । तर, अभिनयमा त म सानैदेखि रमाउथ्यँ । यसैले, मलाई मिहिनेत गर्दा आनन्द लागिरहेको छ । पहिले भन्दा आफूलाई धेरै सुधार गर्ने काम गरेको छु । आशा छ, दर्शकहरुले मेरो यो मिहिनेत र कामलाई मन पराइदिनुहुनेछ ।’

अबको योजना
२३ बर्षमा लाग्दै गर्दा अनमोलले ठूलो सपना बुनेका छैनन् । यसरि नै राम्रो चलचित्र दिने योजना उनको छ । साथमा उनले भने-‘मलाई चलचित्रसँगै सामाजिक काममा पनि समय दिन मन लाग्छ । म पहिलेदेखि नै समाजसेवामा रुची राख्थेँ । अब, यसलाई झनै अगाडि बढाउँछु ।’

के मिस गर्छन् अनमोल ?
अनमोललाई सबैभन्दा पहिले आमा सुस्मिता केसीले फोन गरेर विस गरेकी थिइन् । त्यसपछि, वूवा भूवन केसीले विस गरे । अनमोल जन्मदिनमा आफूले पार्टी मिस गर्ने बताउँछन् ।

उनले भने-‘मैले, पहिला पहिला खुबै पार्टी गर्थेँ । तर, अहिले त्यो पनि गर्न सक्दिनँ । झन्, अहिले त चलचित्रको लुक सार्वजनिक हुने भएकाले नयाँ बर्ष, भ्यालेन्टाइन, जन्मदिन केहि पनि मनाउन पाइनँ ।’ अनमोलले, अब सबैकुरा चलचित्र सफल भएपछि एकसाथ सेलिव्रेशन गर्ने बताए । अनमोलले आफ्नो अहिले भ्यालेन्टाइन मनाउने कुनै साथी नभएको बताए ।

अनमोलले आज आफूले बाबाजीहरुसँग बसेर जन्मदिन मनाएको बताए । भने-‘प्रभुजीहरुले मेरा लागि प्रार्थना गरिदिनु भयो । यसपछि, केक काट्नुभयो । म हरेक हप्ता मन्दिरमा पुग्छु ।’

नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक अनमोल केसीलाई हाम्रोतर्फबाट पनि जन्मदिनको शुभकामना ।


COMMENTS

Name

Dhading,4,feature,28,Films,1,Interview,2,Pravas,12,Social News,7,Video,6,अन्तराष्ट्रिय,8,अर्थ र पर्यटन,20,कबिता,3,खेलकुद,9,गजल,8,गीत,1,देश,5,प्रवास,5,भिडियो,1,मनोरन्जन,14,राजनीति,15,लेख रचना कथा,5,विचित्र,5,विज्ञान प्रविधि,15,समाचार,50,समाज,6,साहित्य,9,स्वास्थ्य,5,
ltr
item
Magone: २३ बर्षमा अनमोल, भन्छन्-‘राम्रो फिल्म र समाजसेवा मुख्य चाहना
२३ बर्षमा अनमोल, भन्छन्-‘राम्रो फिल्म र समाजसेवा मुख्य चाहना
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjahEWXuDJHYizr13lte3o55S4EZHqk6ptwotOBPfq2MYn-U1cI6gmXHJh3UdKa2NsCmFqRJFo2SgkdQaBqazcXACkToAuMdcPAa-TCYokxaNmPjZuMU0GV-reY_-p54d_HIuMCZcp15CA/s640/anmol-bday.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjahEWXuDJHYizr13lte3o55S4EZHqk6ptwotOBPfq2MYn-U1cI6gmXHJh3UdKa2NsCmFqRJFo2SgkdQaBqazcXACkToAuMdcPAa-TCYokxaNmPjZuMU0GV-reY_-p54d_HIuMCZcp15CA/s72-c/anmol-bday.jpg
Magone
http://gurublogtips.blogspot.com/2017/04/blog-post.html
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/
http://gurublogtips.blogspot.com/2017/04/blog-post.html
true
5447626152263439638
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy