इंगलिस प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले एभर्टनमाथि ३-१ को जित दर्ता गरेको हो । लिभरपुलको जितमा साडियो मे...
इंगलिस प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले एभर्टनमाथि ३-१ को जित दर्ता गरेको हो ।
लिभरपुलको जितमा साडियो मेन, फिलिप कोटिन्हो र डिभोक ओरिगिले गोल गरे ,एभर्टनका म्याथ्यु पेनीङ्टनले एक गोल फर्काए ।
खेलको ८ औँ मिनेटमा साडियो मेनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा एभर्टनका पेनिङ्टनले गोल गर्दै खेललाई १-१ को बराबरिमा पुर्याए । तर त्यसको तीन मिनेट बित्न नपाउँदै कोटिन्होले गोल गर्दा पहिलो हाफ २-१ मा सकिएको थियो ।
पहिलो हाफमा २-१ ले पछि परेको एभर्टनले दोस्रो हाफमा थप एक गोल खान पुग्यो । खेलको ६० औँ मिनेटमा ओरिगिले गोल गर्दै लिभरपुललाई ३-१ को जित सुनिश्चित गरे । जितपछि लिभरपुल ३० खेलबाट ५९ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ ।

COMMENTS